Like us!
Follow us!
Connect us!
Watch us!

सपथ लिएको चार दिनमै महिलामन्त्री अमेरिका भ्रमणमा जाँदै

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, १५ : ५३ मा प्रकाशित

सपथ लिएको चार दिनमै महिलामन्त्री अमेरिका भ्रमणमा जाँदै

मन्त्रीपरिषद् गठन भई सपथ खाएको चार दिनमै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका भ्रमणमा जाने भएकी छन् ।

अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको भाग लिन २२ जनाको टोली लिएर चौधरी त्यसतर्फ जान लागेकी हुन् । बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले टोलीको भ्रमणलाई स्वीकृति प्रदान गरेको हो । यससँगै नवगठित मन्त्रीमण्डलबाट वैदेशिक भ्रमणमा जाने चौधरी पहिलो मन्त्री हुने भएकी छन् । भ्रमण टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।

मार्च ११ देखि मार्च २२ सम्म हुन लागेको सम्मेलनमा सहभागिताका लागि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्यको पक्कापक्की भइसकेको थियो । तर गठबन्धन नै टुटेर नयाँ मन्त्रीमण्डल गठन हुँदा उनको अमेरिका भ्रमण भने रद्द हुन पुगेको हो । भ्रमण दलमा मन्त्रालयबाट सचिव, सहसचिव, महिला आयोगका पदाधिकारी, राष्ट्रिय योजना आयोग र समाजकल्याण परिषद्का प्रतिनिधि तथा महिला अधिकारवादीहरु रहने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको