Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा गरे साढे ३ करोडको व्यापार

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, ११ : २७ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा गरे साढे ३ करोडको व्यापार

चालु आर्थिक वर्षको फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरुले  साढे ३ अर्ब बढी कूल बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिरकणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २ लाख ४५ हजार ५६० वटा बीमा पोलिसी विक्री गरी ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

तथ्याङक अनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । 
कम्पनीले एक महिनामा ८२ करोड ३० लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । 
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३७ करोड १० लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३६ करोड २८ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २९ करोड १२ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २४ करोड ४९ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २२ करोड ३७ रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्सयोरेन्सले २२ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २१ करोड २१ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड ४७ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ११ करोड ६८ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ६ करोड ६९ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको