Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन: अर्थमन्त्री पुन

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १७ : ४९ मा प्रकाशित

मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्न नहुने बताएका छन् । 

शुक्रबार विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फेरिस हदाद जर्भोससँग मन्त्रालयमा भएको भेटमा उनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नगर्ने बताएका हुन् । 

 ‘मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ । कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर, मैले त्यसो गर्नु उपयुक्त ठानिन ।’ पुनले भने । 

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाण्डौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ बैठक तोकिएकै समयमा हुने पनि पुनले जानकारी दिएका छन् । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्‍याइदिन आग्रह गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको