Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धकका लागि आवेदन

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, ०९ : ४४ मा प्रकाशित

दुग्ध विकास संस्थानले माग्यो महाप्रबन्धकका लागि आवेदन

दुग्ध विकास संस्थानले महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै आगामी २१ दिन भित्र योग्यता पुगेका नेपाली नागरिकमार्फत गोप्य सिलबन्दी बोलपत्रबाट आवेदन माग गरेको हो । महाप्रबन्धक बन्नका लागि उमेर ३० वर्ष देखि ६० वर्षसम्मको, कुनै संस्था वा निकायमा अधिकृतस्तर वा व्यवस्थापकको हैसियतले १० वर्ष कार्यानुभव भएको योग्यता माग गरिएको छ ।

आवेदकले पाँच हजार शब्द नबढाई संस्थानको वर्तमान अवस्था, समस्या तथा चुनौती र सुधारयोजना सहितको व्यवसायिक योजना पनि पेश गर्नुपर्नेछ । उक्त प्रस्तुतीकरण २० मिनेटको हुनुपर्ने संस्थानले जनाएको छ । उक्त पदका लागि दरखास्त शुल्क तीन हजार रूपैयाँ तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको