Like us!
Follow us!
Connect us!
Watch us!

दुबईमा एक वर्ष भरिमा हुने वर्षा एकैदिनमा भयो, ओमानमा बाढीका कारण १७ जनाको मृत्यु

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, ११ : ३० मा प्रकाशित

दुबईमा एक वर्ष भरिमा हुने वर्षा एकैदिनमा भयो, ओमानमा बाढीका कारण १७ जनाको मृत्यु

अरब देशमा आइतबारदेखि भीषण वर्षा हुँदा जनधनको व्यापक क्षति भएको छ ।

युनाइटेड अरब इमिरेट्सको दुबईमा मङ्गलबार एक वर्ष भरिमा हुने वर्षा एकैदिन भएको छ । १२ घन्टा भित्रमा त्यहाँ एक सय मिलिमिटर वर्षा भएको हो जुन अघिल्ला वर्षमा पुरै सालभरमा हुने वर्षा बराबर रहेको छ । अचानक भारी वर्षा हुँदा दुबईका सडकहरुमा बाढी आएको थियो भने सपिङ मल र घरहरु पानीमा डुबेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान बाढीग्रस्त एयरपोर्टमा जलमग्न ह्याङ्गर हुँदै अघि बढिरहेको देखिएको थियो । यसैगरी जलमग्न सडक, अस्तव्यस्त ट्राफिकका भिडियोहरु पनि सामाजिक सञ्जाल भरि पोस्ट गरिएका छन् । निकै कम समयमा अति भारी वर्षा हुँदा कतिपय सवारी चालकहरुले सवारीसाधन सडकमै छोडी सुरक्षित स्थानतर्फ लागेका थिए ।

यता अर्को अरब मुलुक ओमानमा आइतबारदेखि भएको वर्षाका कारण बाढी आउँदा १७ जनाले ज्यान गुमाएका छन् । भारी वर्षापछि त्यहाँका पाँच प्रान्तमा सार्वजनिक तथा निजी कार्यालयमा बिदा दिइएको छ भने विद्यालयहरु पनि बन्द गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको