Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन विमानस्थल भोलि आधा घण्टा बन्द रहने

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १८ : २७ मा प्रकाशित

त्रिभुवन विमानस्थल भोलि आधा घण्टा बन्द रहने

कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउनेक्रममा भोलि त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार भोलि दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि नोटिस टु एयरमेन (नोटम) जारी गरि विमानस्थल बन्द हुने जानकारी गराइएको हो । राजकीय भ्रमणका लागि अतिविशिष्ट पाहुना आउँदा सुरक्षासँगै सम्मान व्यक्त गर्न नोटम जारी गरि अन्य उडान बन्द गरिँदै आएको छ ।

कतारी राजाको फिर्ती उडानका बेला पनि बुधबार विमानस्थल बन्द रहने छ । दुई दिने भ्रमणका लागि कतारी अमिर हमाद अल थानी नेपाल आउन लागेका हुन् । कतारका सबैभन्दा उच्च नेतृत्वबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । भोलि देशभर सार्वजनिक बिदाको पनि घोषणा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको