Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, ११ : ०७ मा प्रकाशित

एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २७ सय रुपैयाँले घटेको छ । सोमबार ११ सय रुपैयाँले घटेको सुनको भाउ मंगलबार २७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपैयाँमा करोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको