Like us!
Follow us!
Connect us!
Watch us!

इलाम- २ मा ११ बजेपछि मतगणना थालिँदै

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, ०९ : २७ मा प्रकाशित

इलाम- २ मा ११ बजेपछि मतगणना थालिँदै

इलाम-२ को मतगणना बिहान ११ बजेपछि शुरु हुने भएको छ ।  मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । 

यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरि मतपेटिका मतगणनास्थलमा पुर्याइएको थियो । मध्यराति दुई बजे बल्ल जिल्लाका केही विकट स्थानहरुबाट मतपेटिका ल्याइ पुर्याइएको थियो । इलाम- २ को मतगणना  इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ ।

शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत मतदान भएको जनाइएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत मतदान भएको थियो । इलाम-२ मा कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको