Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टइन्डिज एविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल, सिरिज बचाउने चुनौती

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १२ : ११ मा प्रकाशित

वेस्टइन्डिज एविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल, सिरिज बचाउने चुनौती

वेस्टइन्डिज एविरुद्धको चौथो टिट्वान्टी खेलमा नेपाल टस हार्दै पहिले फिल्डिङ गर्ने भएको छ । 

त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको खेलमा वेस्टइन्डिज ए टोलीले टस जितेर ब्याटिङ रोजेको हो । सिरिज अन्तर्गत एक जीत र दुई हार व्यहोरेको नेपाली टोलीलाई सिरिज बचाउन आजको खेल जित्नै पर्ने चुनौती रहेको छ । पहिलो खेल चार विकेटले जितेको नेपाली टोली त्यसपछि भने लगातार दुई हार व्यहोरेको छ । दोस्रो खेल १० रनको हार व्यहोरेको घरेलु टोलीले तेस्रो खेल ७६ रनले हारेको थियो ।

पाँच टिट्वान्टी खेल हुन लागेको सिरिजमा पाँचौँ तथा अन्तिम खेल मे ४ मा हुनेछ । नेपालको टोलीमा आज नियमित कप्तान रोहित पौडेलको पुनरागमन भएको छ । तेस्रो खेल नेपाली टोली दीपेन्द्र सिंह ऐरीको कप्तानीमा खेलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको