Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई हराउँदै युएई एसिसि प्रिमियर कपको फाइनलमा

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १४ : ५४ मा प्रकाशित

नेपाललाई हराउँदै युएई एसिसि प्रिमियर कपको फाइनलमा

एसिसि प्रिमियर कपमा पहिलो सेमिफाइनल खेलमा नेपाललाई हराउँदै युएई फाइनलमा प्रवेश गरेको छ ।

ओमान टर्फ मैदानमा भएजो खेलमा नेपालले टस हार्दै पहिले ब्याटिङ गरेको थियो । ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाउँदै कमजोर शुरूवात गरेको नेपाली ब्याटिङ इनिङ भरिनै पटक्कै लयमा देखिएन । सन्दीप जोराको अर्धशतकीय योगदान नहुँदो हो त नेपाली पारी एक सय रन नबनाउँदै अलआउट हुने देखिएको थियो । तर जोराको ५०, गुल्सन झाको २० र करन केसीको १७ रनको योगदान पछि नेपालले निर्धारित २० ओभरमा ११९ रन बनाउन सक्यो । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा जुनेद सिद्दीकी, अलि नासेर र बासिल हमिदले समान २-२ विकेट लिए । प्रतिउत्तरमा १ सय २० रनको लक्ष्य युएईले सहजै चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि एलिसन सरफुले सर्वाधिक ५५ रन बनाउँदा विष्णु सुकुमरनले २८ रन बनाए । नेपालका गुल्सन झाले २ तथा ललित राजवंशी र सोमपाल कामीले एक-एक विकेट लिन सफल रहे । हारसँगै नेपाल एसिया कपमा छनोट हुनबाट पनि वञ्चित भएको छ ।

प्रतियोगिता अन्तर्गत आजै दोस्रो सेमिफाइनलमा आयोजक ओमान र हङकङ प्रतिस्पर्धा गर्दैछन् । नेपाली टोलीले अब दोस्रो सेमिफाइनलमा पराजित टोलीसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको