Like us!
Follow us!
Connect us!
Watch us!

कप्तान पौडेलको अर्धशतकका बाबजुद वेस्टइन्डिज ए विरुद्ध नेपाल १० रनले पराजित

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १५ : ५५ मा प्रकाशित

कप्तान पौडेलको अर्धशतकका बाबजुद वेस्टइन्डिज ए विरुद्ध नेपाल १० रनले पराजित

वेस्टइन्डिज एविरुद्धको दोस्रो टिट्वान्टी खेलमा नेपाल १० रनले पराजित भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको खेलमा नेपाली टोलीले टस हार्दै फिल्डिङमा गरेको थियो । उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपाली टोलीले वेस्टइन्डिज टोलीलाई निर्धारित २० ओभरमा १६० रनको मध्यम स्कोरमा सीमित राख्न सफल भएको थियो । वेस्टइन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाउँदा गुनाकेश मोतीले ८ बलमै आक्रामक ३३ रन बनाएका थिए । बलिङतर्फ नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान २-२ विकेट लिन सफल रहे ।

प्रतिउत्तरमा १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १५० रनमै अलआउट हुन पुग्यो । नेपाली टोलीका लागि कप्तान रोहित पौडेलले आकर्षक अर्धशतकसहित सर्वाधिक ७१ रन बनाउँदा गुल्सन झाले २६ तथा लोकेश बमले १७ रनको योगदान दिए । वेस्टइन्डिज ए का गुडाकेश मोती र ओबेड म्याकोएले समान २-२ विकेट लिन सफल रहे ।

हिजो देखि शुरु भएको सिरिजमा दुई टोलीबीच पाँच टिट्वान्टी खेल हुनेछ । हिजोको पहिलो खेलमा नेपालले वेस्टइन्डिज ए टोलीलाई ४ विकेटले पराजित गरेको थियो । यस सँगै सिरिजमा १-१ को बराबरी भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको