Like us!
Follow us!
Connect us!
Watch us!

हस्तकला मेलाको दोश्रो दिन मेलामा पुगे ५० हजार  (फोटो फिचर)

शनिबार, ११ मंसिर २०७३, १९ : २१ मा प्रकाशित

हस्तकला मेलाको दोश्रो दिन मेलामा पुगे ५० हजार  (फोटो फिचर)

अर्थ संसार 
काठमाडौं– नेपाल हस्तकला महासंघले आयोजना गरेको १४ औं हस्तकला व्यापार मेला तथा  हस्तकला प्रतियोगिताको दोश्रो दिन शनिबार अबलोकनकर्ताको निकै भिड लागेको छ । यस दिन करिब ५० हजार जनाले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छन् । मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब २ करोड बराबरको आर्थिक कारोबार भएको छ ।

मेलामा ७ वटा पेभिलियन सहित १ सय ७८ वटा स्टल छन् । बंगलादेश, पाकिस्तान, चीनको स्वाभासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले समेत मेलामा भाग लिएका छन् । यस्तै बिटुबि मिटिङमा चीन, ईरान, संयुक्त अरब ईमिरेटस र भुटानका आयातकर्ता सहभागि भएक छन् । मेलामा ४० जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व छ ।

मेलामा विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृतिबीचको सम्वन्धलाई प्रस्फुटित गराउने प्रयास स्वरुप शनिबार शेर्पा डे मनाईएको छ । यसमा शेर्पा सांस्कृतिक समाजले शेर्पाको सांस्कृतिक पहिचान झल्किने स्याब्रु नृत्य, सिलि र याक नृत्य प्रस्तुत गरेको थियो । म्ोलाको तेश्रो दिन आइतबार नेवा डे मनाईने छ । यसमा नेवा संस्कृतिअनुसारको कार्यकमहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

मेलाको दोश्रो दिन शनिबार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, सांसद कमला सुबेदी, एमाले नेता प्रदीप ज्ञवाली, बाणिज्य मन्त्रालयका सहसचिव  तोयानारायण ज्ञवालीलगायतले मेलाको अवलोकन गरेका थिए । 

मेलाको आइतबार उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए । 
मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिएका छन् । 
 

583992313d41d.jpg 583992349650d.jpg 5839923d763de.jpg 5839924032324.jpg 5839924c92fc9.jpg 5839924e9e777.jpg 58399255183ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको