Like us!
Follow us!
Connect us!
Watch us!

बैशाख १ गतेदेखि पुराना गाडी चलाउन रोक

आइतबार, ०२ पुस २०७४, ०८ : ५० मा प्रकाशित

बैशाख १ गतेदेखि पुराना गाडी चलाउन रोक

अर्थ संसार, काठमाडौं– सरकारले ४ महीनापछि देशभरका २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले पुराना सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने तयारीका साथ त्यस्ता गाडीहरूको लगत सङ्कलन गरिरहेको बताएको छ ।

प्रतिबन्धको प्रावधान कार्यान्वयन भए ०७५ वैशाख १ गतेदेखि अहिले सडकमा गुडिरहेका १० हजार पुराना गाडी विस्थापित हुने ठानिएको छ ।

सरकारले देशभर नै पुराना सार्वजनिक गाडी गुड्न नदिने, गुडेको भेटिए कारबाही गर्ने र सार्वजनिक यातायातका सवारीसाधन चलाउन चाहिने रूट सञ्चालन आज्ञा९रूट परमिट० नदिने तयारी गरेको छ ।

अहिलेको सार्वजनिक सवारी सञ्चालनसम्बन्धी प्रावधानले सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले हरेक ४ महीनामा सञ्चालन आज्ञा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

सरकारले सोही प्रावधान परिमार्जन गरी पुराना गाडीको प्राविधिक परीक्षण र नामसारी नगर्ने गरी आन्तरिक तयारी गरेको हो । यसो गर्दा पुराना गाडीको विक्रीवितरण रोकिने सरकारी बुझाइ छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेले पुराना गाडीले दुर्घटनाको जोखीम बढाउने, ध्वनि तथा वातावरण प्रदूषण गराउने र मानव स्वास्थ्य जोखीममा पर्ने भन्दै सरकारले त्यस्ता गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको बताए ।

यसअघि सरकारले काठमाडौं उपत्यकाभित्र यस्ता पुराना गाडी सञ्चालनमा रोक लगाइसकेको छ । त्यसपछिका दिनमा उपत्यकाबाट विस्थापित पुराना गाडीहरू देशका ग्रामीण सडकमा गुड्न थालेका छन् ।

विद्युत् र ग्यासबाट चल्ने ट्याम्पु र माइक्रोबसलाई भने बदलिएर आउने प्रावधान बाध्यकारी नहुने बताइएको छ ।

यातायात व्यवस्था विभागले अहिले नयाँ सवारीसाधन दर्ता गर्दा नै त्यसको उमेरको हद तोक्ने गरेको बताउँदै प्रवक्ता डा। पाण्डेले अभियानलाई नयाँ वर्षदेखि सरकारले २० वर्ष पुराना गाडीको करसमेत सङ्कलन नगर्ने बताए ।

२०७१ फागुन १८ गते नै राजपत्रमा सूचना प्रकाशित गरेर २ वर्षभित्र पुराना सार्वजनिक गाडी गुड्न नदिने निर्णय भएको हो । सरकारी सूचनामा उत्तिकै पुराना निजी र सरकारी स्वामित्वका गाडीलाई के गर्ने भन्नेबारे भने उल्लेख छैन ।

यसका कारण पछिल्लो समय स्वामित्व परिवर्तन गर्नेहरू बढेको बताइन्छ । जानकारहरू २० वर्ष पुगेका वा पुग्न लागेका पुराना सार्वजनिक सवारीका गाडी सङ्घरसंस्था, विद्यालय वा व्यक्तिको नाममा रातो प्लेटमा परिवर्तन भइरहेको बताउँछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको