Like us!
Follow us!
Connect us!
Watch us!

नवराजद्धारा निर्देशिक सडक नाटक ‘विकल्पमा पात्र’

आइतबार, ०९ पुस २०७४, १३ : ४१ मा प्रकाशित

नवराजद्धारा निर्देशिक सडक नाटक ‘विकल्पमा पात्र’

अर्थ संसार, काठमाडौं–  नाट्य समुह ‘अभियानद्वारा चेतनाका लहरहरु’ (अचेल) ले सडक नाटक ‘विकल्पमा पात्र’ प्रस्तुत गरेको छ ।

अचेलले शनिबार पशुपति क्षेत्र स्थित कैलाश चौरमा हाम्रोलाई भन्दा राम्रोलाई प्राथामिकता दिने सामाजिक प्रवृतिप्रति कटाक्ष गर्दै सडक नाटक ‘विकल्पमा पात्र’ प्रस्तुत गरेको हो ।

उक्त सडक नाटकले राम्रो अकंका साथ परिक्षा उर्तीण गरेका युवाहरुले रोजगारी नपाउने तर थोरै अंकका साथ परिक्षा उर्तीण भएको आफन्तले भने रोजगारी पाउने सन्दर्भमाथि व्यङग्य प्रहार गरेको थियो ।

त्यस्तै नाटकमा राम्रो अकंका साथ परिक्षा उर्तीण गरेको एक युवक सागरलाई मुख्य पात्र बनाइएको थियो । नाटकले आफ्नो योग्यताको प्रमाण पत्र बोकेर रोजगारीको लागि भौतारिएको सो युवकले विभिन्न बाहनामा रोजगारी नपाएको , उ परिवार र आफन्तबाट हेलित भएको, रोजगारी खोज्ने क्रममा भौतारिँदा आत्महत्या गर्ने प्रयत्न गरेको तर विदेशमा काम गर्न पाउने अवसर छ भन्ने थाहा पाएपछि खुुसी हुँदै नाटक सकिएको थियो ।

उक्त नाटकका लेखक तथा निर्देशक नवराज खड्काले नाटकले हाम्रोलाई भन्दा राम्रोलाई प्राथामिकता दिने सामाजिक प्रवृतिप्रति देखाएको र योग्यता हुँदाहुँदै पनि रोजगारको लागि विदेशमै जानुपर्ने हो त भन्ने प्रश्न गर्न खोजेको बताए ।

उक्त नाटकमा सागर कान्छो, नमस्ते दिवाकर घिमिरे, रमिता कार्की, सोनिका कुँवर, रविन खड्का, सौगात बस्नेत, रुपेश मगर, आकृती खड्का, विजेन शाह, रोहन श्रेष्ठ, विपन कार्की, सरोज पराजुली, प्रेमथापाको अभिनय रहेको थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको