Like us!
Follow us!
Connect us!
Watch us!

एनवी इन्सुरेनसको दुई बर्षको साधारणसभा एकै पटक

शुक्रबार, १७ मंसिर २०७३, १७ : २० मा प्रकाशित

एनवी इन्सुरेनसको दुई बर्षको साधारणसभा एकै पटक

अर्थ संसार
काठमाडौं–एनबी ईन्सुरेन्सको १८औं र १९ औं बार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा भएको छ। सभामा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले देशभर १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी ३० स्थानबाट बीमा सेवा प्रदान गरिरहेको जानकारी दिए । 

कम्पनीले १०ः८ को अनुपातमा हकप्रद शेयर निस्काशन गरी चुक्ता पूंजी २७ करोड पु¥याएको छ । आजको साधारण सभाबाट १ः१ अनुपातको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । यसपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने पौडेलले बताए । 

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म १६ करोड २२ लाख प्रिमियम संकलन गरेको, १ करोड २० लाख खुद मुनाफा आर्जन गरेको जानकारी पौडेलले दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको