Like us!
Follow us!
Connect us!
Watch us!

उदयपुरमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु, उद्दार जारी

शुक्रबार, २४ मंसिर २०७३, १३ : ४९ मा प्रकाशित

उदयपुरमा बस दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु, उद्दार जारी


अर्थ संसार 
उदयपुर–  शुक्रबार (आज) बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्ड उदयपुरको लेखानी– ५ भदौरेमा   बा ४ ख ३६२० नम्बरको बस दुर्घटना हुँदा ५ जनाभन्दा  बढीको मृत्यु भएको  छ भने ३९ जना घाईते भएका छन् ।  सप्तरीबाट हलेसी महादेवको दर्शन गर्न गएको दर्शनार्थीको टोली चढेको बस फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । 

मृत्यु हुने तीन जानको नाम खुलेपनि अन्यको भने खुलेको  छैन । मृत्यु हुनेमा बर्ष ३३ का कुशुमदेवी राम, बर्ष ६० की सरस्वतीदेवी राम छन् । गम्भीर घाइते १० बर्षका दिपेश रामको उपचारको लागि अस्पताल लैजादा बाटोमा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।  बसमा ४१ भन्दा बढी दर्शनार्थी रहेको अनुमान गरिएको छ ।   बस सडकबाट करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्दार गरी उपचारको लागि कटारी पढाइएको छ । 
 

यो पनि पढ्नुहोस्

सस्तोमा जुत्ताचप्पल किन्ने हो ? भृकुटी मण्डपको जुत्ता मेलामा ७० प्रतिशतसम्म छुट (फोटो फिचर)

एसविआइको एफपिओको मूल्य संशोधन, अब ९७१ रुपैयाँ प्रतिकित्तामा आउने

रहेनन् तीतो सत्यका ‘लाजालाम’

सरकारले थाल्यो टोखा–नुवाकोट सुरुङमार्गको तयारी

विकास खर्च नगर्ने कर्मचारीलाई कारबाही गर्न संसद विकास समितिको निर्देशन

नेपाल एफएमले माग्यो तीन जना संबाददाता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको