Like us!
Follow us!
Connect us!
Watch us!

‘लिलिबिली’ को ट्रेलर सार्वजनिक

विहीबार, २४ फागुन २०७४, १४ : ५१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।

निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो । प्रदीप र नव–नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन् ।
 
ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ ।
 
प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक मिलन चाम्सले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ ।

चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको