Like us!
Follow us!
Connect us!
Watch us!

बजार कव्जामा ओपो दोस्रो स्थानमा

शुक्रबार, २५ फागुन २०७४, ०९ : २१ मा प्रकाशित

बजार कव्जामा ओपो दोस्रो स्थानमा


अर्थ संसार, काठमाडौं– मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा प्रेशित ताजा रिपोर्र्टका अनुसार सन् २०१७मा २९% प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन शिपमेन्ट्सका आधारमा ओपोले दोस्रो स्थान सुनिश्चित गर्न सफल भएको छ

। ‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनाम लगायत बजारहरु समाविस्त गरिएका छन् ।


 
सन् २००९मा पहिलो अन्तरराष्ट्रिय बजारका रुपमा थाइल्याण्डमा स्थापनासंगै ओपोले स्थानिय उपभोक्ताको चाहना अनुरुपका उत्पादनहरु उपलब्ध गराउँदै यस क्षेत्रमा तिब्र बृद्धिदर हात पार्दै आएको छ । ओपोको स्थानीयकरण योजना अनुसार कम्पनीले यूवा उपभोक्ताहरुको चाहना बुझ्दै तिनलाई सुन्दर तथा फेशनेबल डिजाइनमा नवप्रबर्तनात्मक अत्याधुनिक प्रविधि सुसज्जित उत्पादन उपलब्ध गराउँदै आएको छ ।

प्रयोगकर्तालाई ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउन उद्योगमै पहिलो पटक ‘एआई ब्यूटी रिकग्निशन’ प्रविधि सहित सार्वजनिक गरिएको एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट एफफाइभ यूवाहरु माझ अत्यधिक लोकप्रिय प्रमाणित भइसकेको छ । कम्पनीद्वारा सार्वजनिक उद्योगकै पहिलो मध्य आधुनिक फुल स्क्रिन एफएचडी+ डिस्प्ले र सहज फेसियल अनलक प्रविधि पनि पर्छन् ।

भविष्यमा पनि कम्पनीले आफ्ना नयाँ उत्पादनका माध्यमबाट प्रयोगकर्ताहरुलाई निरन्तर नवप्रबर्तनात्मक अनुभव पस्कँदै यस क्षेत्रका प्रयोगकर्ता माझ आफ्नो स्थान अझ सुदृढ बनाउने योजना बनाएको छ ।

साथै, भविष्यका लागि अत्याधुनिक मोबाइल प्रविधिका रुपमा रहेको फाइभजी कनेक्टिविटीलाई दृष्टिगत गर्दै ओपोले दक्षिण पूर्वी एसियामा अझ आकर्षक तथा उपयोगी उत्पादन पस्कँदै जाने योजना बनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको