Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको शेयर किन्दा फाइदा कि घाटा ? हेरौँ, एक विश्लेषण

शुक्रबार, २५ फागुन २०७४, ०९ : ४५ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको शेयर किन्दा फाइदा कि घाटा ? हेरौँ, एक विश्लेषण

प्रमुख गतिविधि 

कम्पनीले ६० प्रतिशत हकप्रदका लागि यही कात्तिक २७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । एनआईबीएल एस क्यापिटलले विक्री प्रबन्धकको काम गर्दै छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, २५ फागुन २०७४)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रोे त्रैमासमा खुद मुनाफा १०१ प्रतिशत वृद्धि गरी १७ करोड ८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले ८ करोड ५० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

  • जगेडा २७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ९३ लाख रहेको जगेडा यो त्रैमासमा ३९ करोड २० लाख पुगेको छ ।

  • जीवन बीमा कोषमा २२ प्रतिशत वृद्धि भएर १९ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

  • कुल बीमा शुल्क आर्जन रकम २४ प्रतिशत वृद्धि भएर २ अर्ब ६० करोड पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासभन्दा २३ प्रतिशत वृद्धि भएर २ अर्ब ४५ करोड पुगेको छ ।

  • यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम १२ प्रतिशत वृद्धि भएर ८३ करोड १३ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी रकम ७१ करोड ६५ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा ४ प्रतिशत धेरै हो ।

  • कुल दाबी भुक्तानी सङ्ख्या ६ हजार २ सय १७ छ ।

  • दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २० दशमलव ६३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २३ दशमलव ५९ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १ हजार ३ सय ८२ दशमलव ९० रुपैयाँ छ ।

निष्कर्ष :
जगेडा, बीमा कोष, खुद नाफा, कुल बीमा शुल्क आर्जन जस्ता क्षेत्रमा प्रगति गर्नु कम्पनीको सकारात्मक पक्षको रूपमा छ । त्यस्तै, भविष्यमा आउने हकप्रद शेयरले प्रतिशेयर आम्दानी र लाभांश दर सन्तुलनमा राख्ने चुनौती थपिएको छ ।

प्राविधिक विश्लेषण : नेशनल लाइफ इन्स्योरेन्स १२३० को महत्त्वपूर्ण टेवा नजीक

प्रतिरोध २ : १८०० । प्रतिरोध १ : १६०० । हालको अन्तिम बिन्दु : १२९३ । टेवा १ : १२३० । टेवा २ : १२००

बजारको अवस्था
उच्च गतिमा घट्दो प्रवृत्तिमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य अत्यन्त महत्त्वपूर्ण टेवा परीक्षण गर्ने क्रममा छ । करीब १ वर्षअघिको टेवा हो १ हजार २ सय ३० रुपैयाँको बिन्दु । यस टेवा महत्त्वपूर्ण छ, किनभने यही बिन्दुमा बजारले करीब २ वर्षअघि पनि टेवा पाएको थियो ।

यसपटक विक्रेताको चाप निकै उच्च रहेको हुनाले यस टेवा तोड्ने जोखीम उच्च देखिन्छ । बुधवार कम्पनीको शेयरमूल्य ६३ रुपैयाँ अर्थात् ५ दशमलव १२ प्रतिशत बढेर १ हजार २ सय ९३ को बिन्दुमा बन्द भएको छ भने ४ हजार ३ सय ४ कित्ता शेयर कारोबार भएको छ ।

मुभिङ एभरेज 
पाँचदिने र २१ दिने मुभिङ एभरेजअनुसार यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एडीएक्स 
एडीएक्स सूचकअनुसार कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एटीआर 
एटीआर सूचक बढ्दो प्रवृत्तिमा रहेको हुनाले यस कम्पनीको शेयरमूल्यमा उतारचढाव बढ्दै गएको बुझाएको छ ।

स्टोकास्टिक 
स्टोकास्टिक सूचक ओभरसोल्ड क्षेत्रमा छ, जसले यस कम्पनीको शेयरमा विक्रेताको चाप बढेको बुझाउँछ भने शेयरमूल्य सस्तिएको पनि सङ्केत गर्छ ।

निष्कर्ष 
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले आगामी दिन यस कम्पनीको शेयर घट्दो प्रवृत्तिमा रहने सम्भावना उच्च देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको