Like us!
Follow us!
Connect us!
Watch us!
घटनास्थलमा मानव अधिकारकर्मीको टोली

मानवअधिकार आयोगको टोलीसँग बालकले भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

मंगलबार, २८ मंसिर २०७३, ०८ : २१ मा प्रकाशित

मानवअधिकार आयोगको टोलीसँग बालकले भने ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

काभ्रे–स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली लक्ष्मीको घरमा पुग्दा ताला लगाइएको थियो । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका  शरणार्थी बनेका आजेको नयाँ पत्रिकाले समाचार छापेको छ । 

आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि।क र कोपिला बि।क लगायतको टोली घटनास्थल पुगेको हो ।गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।

घटनास्थलमा कसले के के भने ?

३० वर्षिया शान्ता परियार, प्रत्यक्षदर्शी

मेरो जहिले पनि ढाड दुख्ने समस्या थियो । औषधी उपचार गर्दा पनि नहुने । चौटोलमा ढाड दुखेको भन्दै विद्यालय भन्दा माथिपट्टि म र आमासँग हुनुहुन्थ्यो । हिरा सर र उनकी आमा काइली मायाँ लामा मोटरसाइकलमा तलतिर झर्दै थियो । हामी पहेली तामाङको घरमा गफ गरी रहेका थियौं । सरले तल जाने होइन लक्ष्मीले गाली गलौज गरेर अपशक्द बोल्नु भएको छ महिला समूहले मिलाउन जाने होइन भने । म माइती पटिको आमासँगैँ थिए घरबाट आएको ।

तर उनीहरुको केही होला म एउटा कामले आएको किन जानु भनेर गएन । केही समयपछि बच्चाको चिच्याएको आवाज मेरो काममा पर्‍यो । म त्यहाँ पुग्दा पोलमा डोरीले बाँधेर प्लाष्टिकमा दिसा दिएर हिराको आमाले खुवाने हिराले समात्ने छातीमा हिर्काउने गर्दै रहेछ । शिक्षक भएर किन यस्तो गरेको भने । त्यसमा आमाले मुखमा खुवाउन र अनुहारभरि दलेको देखे । फेरि हिरासरले लक्ष्मीलाई छातीमा हिर्काउने, थिच्ने र कपालमा कुल्चीने गरको देखेर मैले सहनै सकेन ।
रिसले खप्न सकेन मैले भने महिला माथि किन यसरी हात हालेको भन्दा हिराले मलाई तिमीले देखेको छ के छ तिमीसँग प्रमाण भनेर कुटला झै गरे । मैले दोहोराएर फेरी भने तपाई जस्तो विद्यालयमा पढाउने शिक्षक अनि लेखापालजस्तो मान्छे भएर हातपात गर्ने र दिसा खुवाउने फेरी मैले भने तपाइको आमाले छातीको पिटेको भए हुन्थ्यो तर तपाइले डोरीले बाँधे र पिटने भन्दै मैले छुटाए ।

पछि उनले विद्यालय नजिक रहेको छेडुब लामाको घरमा रहेको चिरपट लिएर गएको र भाग्दा भाग्दै खुट्टामा तिन चार पटक हानेको देखे पछि लक्ष्मीले पनि ढुंगाले हिँर्काउदा के भयो मे मेरो लागे अरु मैले केही देखिएन अध्यारो थियो । उनका छोरा १० वर्षिय सुमनले आमाको टाउँकोमा ठूलो घाउँ, घाँटीमो निलडाम देखिएको भने पछि मात्रै थाहा पाए । मैले लक्ष्मीलाई के भएको भनेर चोटपटक लाग्यो वा लागेन भन्ने हेरिएन छुटयाएको मात्रै थियो ।

नितु गर्तौला, मानवअधिकार अधिकृत

राष्ट्रिय मानव अधिकार आयोग

सञ्चारमाध्यम र सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट थाहा पाएपछि राष्ट्रिय मानव अधिकार आयोग टोलीले गम्भिर प्रकृतिको घटना भएकाले आइतवार जिल्ला प्रहरी कार्यालय काभ्रे र सोमवार मृतक लक्ष्मी नेपाली परियारको घरमा स्थलगत पुगेर अनुगमन गरिएको छ । मृतक परिवार तथा विभिन्न व्यक्तिहरुसँग बुझेका छौँ । यस विषयमा मानवअधिकार आयोगले प्रतिवेदन तयार पारेको छैन । अहिले सबै कुरा भन्न सकिन्न । घटनामा हिरा र उनकी आमा काइली मायाँले पोलमा बाँधेर मलमुत्र खुवाएको र अनुहारमा देखिएको भन्ने स्थानीयबाट जानकारी आएको छ । यो लक्ष्मीको शब अस्पतालले परिक्षण पछि देखाउँला ।

भोजराज तिमिल्सना
मानवअधिकारकर्मी, काभ्रे

घटना अध्ययनका क्रममा छौँ । घटनाथल, पीडित, आरोपित सबैसँग कुराकानी गरिरहेका छौं । अझसम्म निष्कर्षमा पुगेका छैनौँ । मलमुत्र खुवाएको र स्थानीयहरूकै अगाडी पोलमा बाँधेर कुटेको भन्ने भनाई स्थानीय र प्रत्यक्षदर्शीको छ । लक्ष्मी परियारको मृत्युसँग जोडिएका घटनाक्रम धेरै छन् । घटनाका विषयमा सबै पक्षसँग कुराकानी नगरी यसो नै भएको भन्न मिल्दैन । जे होस् यो जगन्य अपराध हो । प्रहरीले घटनाको गहिरो अध्ययन गर्नुपर्छ ।

काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापा भन्छन् 

अहिले चर्चामा आएको घटना मंगलबारको हो, त्यस विषयमा जानकारी आएपछि इलाका प्रहरी कार्यालय चौवासबाट असइ प्रेमपुकार चौधरीको नेतृत्वमा टोली घटनास्थल गएको थियो । झगडियाहरू मिल्ने भनेपछि प्रहरीले मिलापत्र गराएको हो, तर बोक्सीको आरोपमा मिलापत्र गरिएको होइन ।

यो पनि पढ्नुहोस्

किन हुन्छ बिजुली चुहावट ? कुल नौ सयमध्ये २४० मेगावाट बिजुली चुहावट​

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, कस्को प्रतिद्वन्द्वी कुन ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको