Like us!
Follow us!
Connect us!
Watch us!

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

बुधबार, २६ बैशाख २०७५, १० : ५० मा प्रकाशित

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

अर्थ संसार, काठमाडौँ– सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५ हजारको पुरस्कार व्यवस्था गरिएको जानकारी 
दिनुभयो । 

विजेताले फिलिपिन्समा हुने म्यान अफ द वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका युवक सहभागी गराइनेछ भने देशका विभिन्न शहरबाट अधिकतम प्रतियोगीलाई सहभागी गराउनका लागि कार्यक्रमको महत्वलाई प्रचारप्रसार गरिएको छ । 

सौन्दर्यताका लागि आवश्यक विभिन्न चरण पूरा गरेपछि प्रतियोगितामा छनोट गर्दै उनीहरुलाई माथिल्लो तहको तालीम दिइने छ । धरान, विराटनगर, चितवन, बुटवलबाट प्रतियोगी छनोटका कार्य भइरहेको छ भने काठमाडौँमा यही वैशाख ३१ गते छनोट गरिने आयोजकले जनाएका छन् । देशका विभिन्न स्थानबाट छनोट भएर आएका प्रतियोगीमध्ये उत्कृष्ट छनोट गर्न आगामी असार १ गते अन्तिम चरणको प्रतिस्पर्धा काठमाडौँमा गराइनेछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको