Like us!
Follow us!
Connect us!
Watch us!

भारत र पाकिस्तानमा भूकम्प

विहीबार, २७ बैशाख २०७५, १० : २४ मा प्रकाशित

भारत र पाकिस्तानमा भूकम्प

अर्थ संसार, नयाँदिल्ली, इस्लामावाद– भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । 

भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बेलुका बताएका छन् । 

त्यसैगरी पाकिस्तानमा गएको भूकम्प ६।४ म्याग्नीच्युडको मापन गरिएको छ । राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको महशुस गरिएको जनाइएको छ । 

भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो । पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीहरूले बताएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको