Like us!
Follow us!
Connect us!
Watch us!

अधिकारीले जितिन् मध्यमाञ्चल प्रतिभा पहिचानको प्रथम पुरस्कार

शनिबार, ०५ जेठ २०७५, १० : ५७ मा प्रकाशित

अधिकारीले जितिन् मध्यमाञ्चल प्रतिभा पहिचानको प्रथम पुरस्कार

अर्थ संसार, काठमाडौं-मध्यमाञ्चल क्षेत्रीय प्रतिभा पहिचान प्रतिस्पर्धामा सिन्धुलीकी छात्रा प्रस्तुति अधिकारी प्रथम भएकी छन् ।

मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको प्रतिस्पर्धामा सिन्धुलीको न्यु इंगलिस सेकेन्ड्री स्कुलकी ९ कक्षाकी छात्रा अधिकारीले यस क्षेत्रका १९ जिल्लाका विद्यार्थीलाई उछिनेर प्रथम पुरस्कार जितेकी हुन् । 

उनले भाषा तथा साहित्य विधामा आयोजकले दिएको देश निर्माणका लागि ब्यवसायिक शिक्षा विषयमा तत्काल कविता लेखेर बाचन गरेकी थिइन् ।

छात्रा अधिकारीले प्रथम भएर ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाएकी छन् । उनी अब हुने राष्ट्यि प्रतिस्पर्धाका लागि छानिएकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको