Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा २८ मेगावाट विद्युत् प्रणाली बाहिर

बुधबार, २७ असार २०७५, १० : १७ मा प्रकाशित

त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा २८ मेगावाट विद्युत् प्रणाली बाहिर

अर्थ संसार, काठमाडौ– नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्रमा आगलागी हुँदा कूल २८ मेगावाट विद्युत् प्रणालीबाट बाहिर गएको छ ।

 विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा मंगलबार दिउसो करिब साढे एक बजे आगलागी भएको हो ।

 सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको प्रयासबाट  करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।

आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्रबाट करिब २८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।  

‘तर, यसबाट नुवाकोटका केही स्थानबाहेक मुलुकभरको समग्र विद्युत आपूर्तिमा कुनै असर परेको छैन ।

आगलागीबाट भएको क्षतिको यकिन र मर्मतसंभार तत्काल सुरु गर्न प्राविधिक टोली परिचालन गरिसकेको प्राधिकरणले जनाएको छ ।

उनले आगलागीको कारण प्राविधिक टोलीको अध्ययनपछि मात्रै यकिन हुने बताए ।

प्राधिकरणले विद्युत गृहमा आगलागीपछि विद्युत आपूर्ति बन्द भएका नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी आज  १२बजेसम्म विद्युत आपूर्ति गरिने भएको छ ।

त्यसका लागि ६६÷११ केभीको ट्रान्सफर्मर राखी विद्युत आपूर्ति सुचारु गर्न लागिएको हो ।

नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युत् आपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा बन्द छन् । ६ वटा फिडर मात्रै सञ्चालनमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको