Like us!
Follow us!
Connect us!
Watch us!

‘पिरिम पर्या छन्’ को ट्रेलरमा भरपुर कमेडी (भिडियोसहित)

शनिबार, ३० असार २०७५, १० : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौं - साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रबार सार्वजनीक भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनीक गरिएको हो ।

झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सुरवीर पण्डितका कलाकार प्रस्तुत भएका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्म बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको कथामा निर्माण गरिएको फिल्ममा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनील मानन्धर र रोहित–रत्नले बितरण गर्दैछन् ।

यसअघि कमेडी फिल्म कान्छी मट्याङ ट्याङ निर्माण गरेका पुरन ‘पिरिम पर्या छन्’ प्रदर्शनपछि अर्काे फिल्म ‘फेरि फेरि’ दर्शक माझ ल्याउने योजनामा छन् । ‘फेरि फेरि’ मा अर्पण थापा र ऋचा शर्मा मूख्य भूमिकामा छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको