Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारः पाँच अंकले ओरालो कारोबार घट्यो

बुधबार, ०२ साउन २०७५, १६ : ४८ मा प्रकाशित

सेयर बजारः  पाँच अंकले  ओरालो कारोबार घट्यो

अर्थ संसार, काठमाडौँ– डेढ घन्टासम्म कारोबार हुन नसकेको सेयर बजार आज ५.५४ बिन्दुले घटेको छ ।

कूल १३९ कम्पनीको चार लाख ७७ हजार ६८७ कित्ता शेयर रु १७ करोड ५३ लाख ७७ हजार ६८७ मूल्यमा खरिद बिक्री भएको थियो ।

क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.२४ बिन्दुले घटेको छ । आज वित्त क्षेत्र बाहेक अरु सबै उपसमूहको शेयर समेत घटेको छ ।

बैंकिङ २.४७, व्यापार २.७९, होटल शुन्य, विकास बैंक ९.७२, जलविद्युत् १४.४१, निर्जीवन बीमा ६१.६१, उत्पादन २.०४, माइक्रोफाइनान्स १५.९२ र बीमा समूह ६७.६५ बिन्दुले घटेको छ । वित्त क्षेत्र भने ०.७६ बिन्दुले बढेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको