Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा पेट्रोलियम पदार्थको भाउ घट्यो, घट्ला नेपालमा ?

विहीबार, ०३ साउन २०७५, १३ : १६ मा प्रकाशित

भारतमा पेट्रोलियम पदार्थको भाउ घट्यो, घट्ला  नेपालमा ?

काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको भाउ घटेको छ । आयल मार्केटिङ कम्पनीहरुले पेट्रेलको भाउ ६ पैसा घटाएका छन् । यस्तै डिजेलको भाउ १२ पैसा घटेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ ।

नयाँ दरअनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य लिटरको ७६ रुपैयाँ ७८ पैसा र डिजेलको ६८ रुपैयाँ ३५ पैसामा झरेको छ । सरकार स्वामित्वका इण्डियन आयल कर्पोरेशन, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियमले पेट्रोलियमको मूल्यमा समायोजन गरिसकेका छन् ।

भारतको इण्डियन आयलबाट पेट्रोलियम खरिद गर्ने भएकाले त्यहाँ घट्दा नेपालमा पनि कमी आउने गरेको छ । नेपाल आयल निगमले प्रत्येक महिनाको १ र १५ गते मूल्य समायोजन गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको