Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’

बुधबार, ०९ साउन २०७५, १३ : ३१ मा प्रकाशित

मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’


अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ ।

महिला ग्राहकहरुका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो । श्रावण महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले मेगा बैंकका बिभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् ।  

बुधबार मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा मेहेन्दी लगाउन ग्राहकहरुको भीड थियो । मेहन्दी उत्सव आयोजना गरेकोमा बैंकलाई धन्यवाद दिँदै ग्राहकहरु मेहेन्दी लगाउन व्यस्त थिए ।

यो उत्सव मेगा बैंकका राजधानी र राजधानीबाहिरका हरेक शाखामा पालैपालो हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहेन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकले नेपाली नारीहरुलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान संचालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि संचालन गर्दै आएको छ ।

5b582b6781b1a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको