Like us!
Follow us!
Connect us!
Watch us!

"अपि पावर लगातार तीन वर्ष देखि मुनाफा वितरण गरिरहेको कम्पनी हो, अर्को साल पनि हात खाली गर्दैनौ " -संजीव न्यौपाने (भिडियो)

मिलन खड्का

आइतबार, १८ फागुन २०७६, ११ : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-अपि पावर कम्पनी लिमिटेडले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ ।हकप्रदको स्वीकृतिसँगै अपि पावरले  साधारण सभा पनि बोलाईसकेको छ। 

कम्पनीले चैत ७ गते कार्की व्याङक्वेट, बबरमहलमा सभा बोलाउदै आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव र  हकप्रद निष्काशन अनुमतिलाई पनि सभामा अनुमोदन गर्ने प्रस्ताव राखेर सभा बोलाएको हो।  

सोहि विषयमा हामी केन्द्रित भएर अपि  पावर कम्पनी लिमिटेडका कार्यकारी  संचालक  संजीव  न्यौपाने संग कम्पनीको अवस्था, भाबी योजना, कम्पनीले ल्याउदै गरेको  हकप्रद जस्ता विषयमा जानकारी  लिएका  छौ।  
 
अपि पावर कम्पनीको परिचय  

"यो कम्पनी ऐन २०६३ अन्तर्गत स्थापित पब्लिक लिमिटेड कम्पनी हो । कम्पनीको मुलभुत उद्धेश्य भनेको नेपालमा जलविद्युत आयॊजनको निर्माण गर्ने, बिकास गर्ने, राम्रा राम्रा आयोजनाहरुको पहिचान गर्ने र संगैसंगै उर्जाका विभिन्न माध्यमहरु जस्तै सोलार, वायु उर्जाहरुसंग पनि सम्बन्धित भएर काम गरिरहेको कम्पनी हो र यो कम्पनीमा अहिले १ लाख ३० हजार भन्दा बढी शेयरधनीहरुको जम्घट रहेको छ ।"

"अपि पावर कम्पनी एउटा जीवन्त कम्पनी हो । यस कम्पनीले १७ महिनाको छोटो अवधिमा  ८.५ मेगावाटको नौगढ गाढ भन्ने आयोजना सुदुरपश्चिमको दार्चुला जिल्लामा सम्पन्न गरि किर्तिमान कायम गर्न सफल भएको कम्पनी हौ ।"

एउटा आयोजना बनाए पश्चात अर्को आयोजना पनि बनाउदै जानुपर्छ भन्ने यस कम्पनीको मूलभुत उद्धेश्य पनि हो र जब यस कम्पनीले ८.५  मेगावाटको आयोजना सुदुरपश्चिमको दार्चुलामा गएर काम गर्यो  त्यति खेरै यस कम्पनीले यो आयोजना सकिने बित्तिकै कम्पनीले के गर्ने , त्यसपछिको पाँच वर्षमा के गर्ने र यो कम्पनीलाई कहाँ लाने भन्ने किसिमको सञ्चालक समितिको वृहत अध्ययन गरिरहेको थियो ।

जब कम्पनीले ८.५ मेगावाटको आयोजना राष्ट्रिय प्र्सारण लाईनमा २०७२ साल भदौ महिनाबाट जब  ग्रिडमा  जोड्यो त्यसको भोलीपल्टबाटै  त्यही खोलामा त्यो भन्दा करिब पाँच किलोमिटर माथि आठ मेगावाटको माथिल्लो नौगढगढ आयोजना सोहि जिल्लामा  काम सुरु गा-यो र त्यो आयोजनालाई पनि २०७६ सालको कार्तिक महिनाबाट राष्ट्रिय प्रसारण लाईनमा जोडिसकेको छ ।"

यसरी हेर्दा अपि पावर कम्पनी ८.५ मेगावाटबाट सुरु भएको कम्पनी १६.५ मेगावाट क्षमताको बनेको छ । दुबै आयोजना राष्ट्रिय प्रसारण लाईनमा जोडी सकिएको छ  र मासिक रुपमा कम्पनीले आफ्नो विद्युत विक्रिबाट आय  आर्जन गरिरहेको छ र संगसंगै त्यो आयोजना पनि सकिसकेपछि फरी कम्पनीको ध्यान के भयो भन्दा हामी खाली बस्नु हुदैन भन्ने किसिमका उद्धेश्यका साथ कम्पनीले दार्चुला जिल्लामा नै चमेलीया नदीमा कम्पनी ४० मेगावाट को माथिल्लो चमेलीया आयोजनाको सम्भ्यवत्ता अध्ययन गर्न कम्पनीले गरिरहेको थियो ।

यो आयोजना भनेको नेपाल विद्युत प्रधिकरणले हालसालै सम्पन्न गरेको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १५ किलोमिटर माथि सोहि नदीमा अवस्थित छ । यो आयोजना एउटा स्नोफिड हिमालबाट अपि हिमाल ७७०० मिटर अग्लो हिमालबाट बहने पानी हो चमेलिया र यो चमेलिया भनेको महाकाली नदीको सबैभन्दा ठुलो tributary पनि हो ।
 

हाइड्रोपावर बनाउदा कम्पनीले  दिने प्राथामिकता 

"हाइड्रोपावर गर्दा हामीले तीन चार कुरालाई प्राथामिकता दिएर कम्पनीले हेर्छ । पहिलो नम्बरमा नदीको डिस्चार्ज कस्तो छ, पानीको consistency कस्तो छ भन्ने कुरालाई कम्पनीले सबैभन्दा पहिला केन्द्र बनाएर हेर्छ । र यो हेर्दा अपि हिमाल जुनमा पानीको कुनै समस्या रहेको छैन राम्रो क्याचमेन्ट एरिया छ यसको करिब करिब १९५ स्क्वायर किलोमिटर क्षेत्र ओगटेको क्षेत्रफल हो यो र त्यहाँ बहने पानीलाई  हामीले समाटेका छौं र यो प्रजेक्टको अर्को सुन्दरता भनेका हेड (पावरहाउसको स्थान र बाँधको बीचको को अन्तर) २०५ मिटरको अग्लो ठाउँबाट पानी तल झरेर पावर हाउसमा अवस्थित दुईवटा टरवाइन घुमाएर निस्कने विद्युत नै माथिल्लो चमेलिया जलविद्युत आयोजनको मोडल रहेको छ ।"

"ट्रसमिसन लाईनलाई पनि कम्पनीले माइनुटली हेर्छ । ट्रसमिसलन लाईन छ की छैन त? निकालेको बिजुलीलाई हामीले लगेर बेच्न सक्छौं की सक्दैनौ ? यो कुरालाई फोकस गर्दा माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागी बलाँच स्थित सबस्टेशन जुन चमेलिया आयोजनाको सब स्टेकसन हो । त्यो करिब १६ किमि मात्रै टाढा रहेको छ र त्यहाँ लगेर यो पावरलाई इभाकुवेड गर्न सकिन्टछ भन्ने कम्पनीको तेस्रो कुराले गर्दा अर्को प्लसपोइन्ट रोखेको छ ।" 

"दार्चुला जस्तो बिकट जिल्ला जुन काठमाण्डौंबाट करिब ९५० किमीको दुरीमा रहेको छ यो जिल्ला र यो चीन र भारतको सीमानामा छ यो त्यस्तो हुँदाहुदै पनि साथिहरुको मेहेनतले, शेयरधनीहरुको स्नेहले गर्दा कम्पनीले काम गरिरहेको छ र तेस्रो आयोजना त्यही ठाउँमा गर्न पाउनु पनि कम्पनीलाई एउटा एडभान्टेज हो ।"

"१ लाख ३० हजार जना लगानीकर्ता भएको यस आयोजनामा १६ सय जना दार्चुला वासीको लगानी रहेको छ । त्यस कारणले  गर्दा स्थानीय अवरोध, स्थानियको समस्या यो कुरालाई कम्पनीले ब्यस्वथापन गरेको छ । त्यो हिसाबले त्यही स्थानमा कम्पनीले काम गर्न पाउनु भनेका कम्पनीको चौथो एड्भान्टेज हो ।र पाँचौमा हेर्नुपर्ने बाटो छ की छैन, बिजुलीको लाईन छ की छैन, टेलिफोनको सेवा छ की छैन, इन्टरनेट छ की छैन र यी सबै कुराले गर्दा खेरी त्यो जुन साईट छ त्यो सबै कराहरु पुगिसकेको अवस्था हो त्यो भनेको कम्पनीको पाँचौ एड्भान्टेज हो ।"

हकप्रद शेयरका लागि आबेदन

विगत लामो समयदेखि एक बराबर दुईको हकप्रद शेयर हामीले जारी गर्ने भनेर नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको थियौ।  त्यो आवेदन दिँदा  हकप्रदको मात्रा अलि ठुलो भयो अहिले जलविद्युत आयोजन अहिले कसैलाई पनि दिईएको छैन र जलविद्युत आयोजनाहरुमा अहिले समग्र एउटा हेर्ने दृष्टिकोण सरकारको, राज्यको र समग्र लगानिकर्ताहरुको एउटा के बन्दै गयो भन्दा यो हाइड्रोपावर सेक्टर भनेको बैंक वित्तिय संस्था जस्तो चार्मिङ यसमा  छैन, लगानीको मात्रा बढी भएपनी यसबाट आउने प्रतिफल सानो प्रतिफल आईराछ भन्ने विषयमा मान्छेहरुको एउटा गुनासो र एक किसिमको धारणा बनिरहेको अवस्था अहिले पनि रहेको छ ।"
 

 नाफा बाडिरहेको कम्पनी

"अपि पावर कम्पनी लिमिटेड बारेमा भन्नुपर्दा कम्पनी लगातार तीन वर्ष देखि मुनाफामा रहेको छ । नाफा बाडिरहेको कम्पनी हो । र अब आउने साल पनि कम्पनीले फेरी पनि मुनाफा बाड्ने कम्पनीको योजना रहेको छ । कम्पनीले करीब करीब ५ प्रतिशत ८ प्रतिशत गर्दै कम्पनीले  बोनस शेयर मार्फत कम्पनीले दिएको छ। यो वर्ष पनि कम्पनी ५ प्रतिशत बोनस शेयर नै शेयरधनीलाई कम्पनीले दिने भन्ने किसिमको निर्णय संचालक समितिको निर्णय पनि भएको छ । चैत्र ७ गते कम्पनीले साधारणसभा आह्वान पनि गरेको छ । त्यो साधारणसभाबाट कम्पनीले यो ५ प्रतिशतको बोनस शेयर अघिल्लो वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई थप वितरण पनि गर्ने छ। " 

दुई चरणको हकप्रद  

"संगसंगै कम्पनीका हकप्रदको विषयमा यो दुई सय प्रतिशतको हकप्रद शेयरलाई यो नियमन आयोग नेपाल सरकारले जब गठन ग-यो । एउटा जलविद्युत क्षेत्रलाई बाँधेर राख्नु पर्छ यसमा नियमन कार्य निकाय छैन भन्ने विषयमा म आफू पनि चिन्तित रहेको अवस्था हो । किनभने  बैंकहरुलाई  नेपाल राष्ट्र बैंकले माथिबाट एउटा निर्देशन दिएर एउटा बाउड्रिमा बाँधिरहेको छ । आफ्नो परिपत्रहरुले एउटा क्षेत्रअधिकार तोकेको अवस्था हो । इन्सुरेन्सलाई हेर्नुहुन्छ भने एउटा बिमा समिति छ । बिमा समितिले सबैकुरा आफ्नो रेगुलेशनमा बाँधीरहेको अवस्थामा हाईड्रोपावर सेक्टरमा पनि एउटा नियमनकारी निकाय चहिन्छ भन्ने एउटा हामी सबैको मागलाई सम्बोधन गरेर अहिले विद्युतीय नियमन आयोग सकृय रुपमा काम गरिरहेको छ । र विद्युत नियमन आयोगले हामीलाई  हकप्रद शेयरको विषयमा यो हकप्रद हामी तपाँईहरुलाई दिन्छौं तर यसलाई दुईचरण गरेर तपाईहरुले जारी गर्नुस् भन्ने किसिमको हामीलाई निर्देशन प्राप्त भएको छ त्यो अनुसार हामीले पहिलो चरणमा एक बराबर ०.४७ का दरले हकप्रद जारी गर्ने स्वीकृती नियमन आयोग बाट पनि पायौं र धितोपत्र बोर्डबाट पनि हामीले त्यो स्वीकृती प्राप्त गरिसकेका  र अब यो तुुरुन्तै यो हकप्रद शेयर जारी गर्दैछौं।"   

"अब आउने साधारण सभाबाट हामीले १=०.९ को हकप्रद शेयर जारी गर्नको लागि हामीले सभा समक्ष प्रस्ताव लार्दै छौं र यो हकप्रद शेयर पनि स्वीकृत भए पश्चात यो मथिल्लो चमेलिया आयोजना बनाउनको लागि  पूँजी २२२ करोड आवश्यक पर्ने हुन्छ त्यसको एउटा म्यानेज्मेन्ट हामीले गर्ने सोच राखेका छौं र यो आयोजनाको विद्युतीय व्यावस्थापन अन्तिम चरणमा चलिरहेको छ अब करीब  एक महिना भित्र हामी यसको फाइनिन्सेल क्लोजर गरेर यो आयोजनालाई युद्ध स्तरमा अगाडी बढाएर लिएर आउँछौं । करीब ३० महिनामा हामीले यो आयोजना सक्ने हामीले एउटा लक्ष्य लिएिका छौ। " 

अपिको दोस्रो बजार मूल्य कम हो 

"शेयरबजारको हकमा कस्तो देखिन्छ भन्दा जलविद्युत कम्पनीका शेयरका मूल्यहरु कुनै कुनै कम्पनीका सय रुपैयाँ भन्दा पनि तलआई रहेको अवस्था छ तर कुनै पनि दिन शेयरबजार ज्यादै घटेको अवस्थामा पनि अपि पावर कम्पनी लिमिटेड मात्र एउटा यस्तो कम्पनी हो जसको शेयरको मूल्य  बुक भ्यालुृ भन्दा तल आएको देखिएन।"

" शेयर बजार भनेका अप एन्ड डाउन रहन्छन । अब बजारले पुनः गति लिएको अवस्था जुन हिसाबको कारोबारका रकमहरु दिन प्रतिदिन बढ्दै गएको छ, दिन प्रति दिन रेकर्डका कुराहरु सुनिरहेका छौं यसले के देखियो भन्दा अब बजार पुनः आफ्नो सेप मा आएको छ र यो कारणले गर्दा हाईड्रोपावर सेक्टर पनि अब यो हिसाबमा तानिदै माथि जान्छ र अपि पावर कम्पनीको हकमा अहिले जुन शेयरको मूल्य आफूले एउटा माइनुटलि हेरिराखेको छु यो निकै नै कम शेयर रकम हो लगानी कर्ताहरुको हिसाबले अब एउटा मुनाफा बाडिरहेको कम्पनी विगत तिन वर्ष देखि नाफा दिई रहेको कम्पनी नयाँ नयाँ आयोजना गरिरहेको कम्पनीमा लगानी गर्नु भनेको एउटा दिघकालिन  सर्ट रन र लङ्ग रन  भन्छौ हामी हाईड्रो पावर भनेको जहिले पनि लङ्ग रन इन्भेष्टमेण्ट हो यसबाट आज लगानी  ग-यो भोलि नै मलाई प्रतिफल चाहिन्छ भनेर सोच्न हुँदैन । "

काक्रो फल्यो तर हामीसंग थाङ्ग्रो छैन

"माथिल्लो चमेलिया जलविद्युत आयोजना ४० मेगावटको सम्पन्न भए पश्चात अपि पावर कम्पनी ५६ मेगावाटको एउटा पोटफोलियो भएको कम्पनी बन्ने छ यसले आकर्षक मुनाफा दिन सक्ने खालको बन्ने छ र यो चमेलिया आयोजना बने पश्चात हामी डबल डिजिटमा १० प्रतिशत भन्दा बढी डिभिडेन्ट सुन्निछित गर्न चाहन्छौ। " 

" एउटा उखान पनि छ काक्रो फल्यो तर हामीसंग थाङ्ग्रो छैन भन्छन अपि पावर कम्पनीलाई म कसरी हेर्छु, साना साना लगानीकर्ताहरु १०, २० ,३० कित्ता हालेका मान्छेहरु एकलाख तीस हजारको परिवार हो हामीमा कुनै वैदेशिक लगानी छैन, ठुलो घरनाको लगानी छैन र एउटा ग्रउन टु अर्त चलिरहेको कम्पनी हो र यो कम्पनीलाई काक्रो फलिराछ यसलाई अड्याउने थाङ्ग्रो भनेको हामी सबै लगानीकर्ता हौं। "

भ्याट छुटका कुराहरु हालसम्म पनि हाइड्रोपावर कम्पनीहरुले पाएका छैनन् 

"म यसै सञ्चार माध्यमबाट अनुरोध गर्न चाहान्छु  विशेषगरी नेपाल सरकार, उर्जा मन्त्रालय, विद्युत विकास विभाग, विद्युत नियमन आयोग समक्ष मेरो अनुरोध एउटा जलविद्युतकर्मीको रुपमा समग्र उद्योग कै समस्याहरु पनि छन यहाँ यो कुरालाई पनि नेपाल सरकारले अब  टाइम भयो, अबपनि यो कुरा हामीले  एड्रेस नगर्ने हो भने यो क्षेत्र मैले बडा समस्या देखिराछु विशेष गरि नेपाल सरकारले बजेट भाषण मार्फत रातो किताबमा छापिएका अनुदानका कुराहरु, भ्याट छुटका कुराहरु हालसम्म पनि हाइड्रोपावर कम्पनीहरुले पाएका छैनन् । यो बिडम्वनाको विषय हो एउटा बजेटमा बोलिएको कुरा ,एउटा रातो किताबमा छापिएका कुराका लागि हामी अर्थ मन्त्रालय, उर्जा मन्त्रालयमा मात्रै हैन हाइड्रोपावरमा लाग्नुभएका समग्र साथिहरुको एउटा गुनासो पनि छ । यो समस्याको समाधान हुनुपर्यो भन्ने एउटा मेरो रिकोष्ट हो।"

अझै  फाइल मन्त्रालयहरु धाउनु पर्ने अवस्था 


"दास्रो कुरा नेपाल सरकार बारम्बार वान विन्डो पोलिसी गछौं हाड्रोपावरका समस्याहरलाई एक द्धारप्रणलीबाट सम्पूर्ण समस्याहरुको समाधान हुन्छ हेल्पडेस्क राखिन्छ र त्यो डेस्कबाट सम्पुर्ण जलविद्युत कर्मीहरुका समस्याका समाधान हुन्छ भन्नेकुरा हालसम्म पनि लागु भएको छैन । वनका विषयहरु, निकुञ्जका विषयहरु, रुख कटानका विषयहरु देखि लिएर यी यस्ता कुराहरुलाई यो फाइल १०-१२ ओटा मन्त्रालयहरु धाउनु पर्ने, ८-१० ओटा विभाग अहिले पनि कुद्नु पर्ने अवस्था छ। "

४ रुपैयाँ ८० पैसा र  ८ रुपैयाँ ४० पैसा भन्दा भन्दा मान्छेको जीवन  बेतित

"संगसंगै अर्को समस्या यो विद्युत खरिद विक्रिको रेटको समस्याको सम्वन्धमा मैले विशेष गरि यहाँ जोड्न चाहान्छु जहिले पनि हामी यो ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा भन्दा भन्दा मान्छेको जीवन बेतित हुने अवस्था छ । कम्तीमा अब यो क्षेत्रलाई अझ आकर्षक बनाउने हो भने हाइड्रोपावर सेक्टरको आमदानीको स्रोत भनेकै विद्युत विक्रिबाट हुने आम्दानी हो त्यो आम्दानीलाई अलिकति  समय सापेक्ष बनाउनु पर्छ भन्ने एउटा हामी सम्पुर्ण जलविद्युत कर्मीहरुको माग रहेको छ ।" 

"सिमेन्टको भाउ, लेभरको रेट, डन्डीका भाउ देखि लिएर सम्पुर्ण चिजहरु डिजेलका भाउहरु आकाशीएको छ । त्यो रेट जुन  ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा बनाउँदा खेरीको सामाग्रीका मूल्यहरु थिए  यी कुराहरु अहिले अवस्थामा हेर्दा  पनि यहि रेट नै सान्दर्भिक छ भन्ने मेरो बुझाई होइन यद्धपी विद्युत खरिद विक्रि सम्झौतामा हामीले सही  ग¥या छौं ,यो रेटमा हामीले विजुली बेच्नका लागि हामी उद्धमीहरु तयार हौं  तर पनि क्षेत्रलाई आकर्षक बनाउने हो भने राज्यले अलिकति फेक्सीब्लिटि लिएर यो ४.८० र ८.४० लाई थोरै केहि मात्रामा बढाउन सक्ने अवस्था रह्यो भने समग्र सेक्टर नै अगाडी बढेर बुम भएर जान सक्छ।"  

ट्रन्समिसन लाईनका समस्या

"ट्रन्समिसन लाईनका समस्याहरु देखि राखेका छौं । ट्रन्समिसन लाईनका जुन बोटल नेक हो यसका लागि स्थानियको अवरोधहरु भैरहेका छन् , टावरहरु खडा गर्न स्थानीयहरुको  कुराहरु सुनिन्छ, रुख कटान गर्न दिएका छैनन्, तार तान्न दिएका छैनन् अब यो कुरामा प्रशासनको पनि हामीलाई सहयोग चाहिन्छ र यो सहयोगका लागि अलिकति सरकारले पनि लिभिरल भएर हैन यी हाईड्रोपावर कर्मीहरुलाई पनि यस्ता कुराहरुमा सहयोग  गरिदिनुपर्छ भन्ने कुरा भयो भने आयोजना समयमा सकिन्छ। " 

"ट्रन्समिसन लाईनको एउटा सानो समस्याले गर्दा एउटा टावर खडा गर्न नसक्दा नेपाल त्यस्ता पनि उदाहरणहरु छन् आयोजनाहरु  समयमा नसकीनु आयोजनाको, लागत बढ्नु अनि त्यो लागत बढ्यो भने घुमी फिरि यो विकासकर्ता मै आएर थुपारिन्छ । यति पैसामा यो आयोजना सक्छु भनेको त्यो आयोजना यति पैसामा सकिएन  cost overrun  भयो ,त्यो कारणले गर्दा बैंकहरुले  हाइड्रो पावर भन्ने बित्तिकै नाक खुम्चाउनु पर्ने आवस्था आईरहेको प्रसङ्ग पनि छ । त्यसमा हाइड्रो पावर कर्मीहरु मात्रै यसको दाषी होइनन्। स्थानीयका पनि समस्या , लाईसेन्स इस्युका समस्याले यो कुराहरुलाई राखेर हेर्नु पर्ने हुन्छ। "

हाइड्रो पावरमा बीमा संग  ठुलो विकृती

"अर्को मैले देखिरहेको कुरा यो बीमा संग सम्बन्धित कुराहरु, हाइड्रो पावरमा बीमा संग यो ठुलो विकृती जस्तो मैले देखि रहेको छु । इन्सुरेन्स पोलेसी गर्नु नै पर्ने अनि भोलि क्षति भयो भने इन्सुरेन्स कम्पनीहरु एकातिर फर्केर जाने र इन्सुरेन्सका क्लेमहरु समयमा नआउने  कारणले गर्दा पनि यो इन्सुरेन्स कम्पनीको पोलेसी र हाइड्रोपावरलाई कसरी टाइएप गर्न सकिन्छ, क्लेमहरुलाई कसरी छिटो सेटलमेन्ट गर्न सकिन्छ, यो विषयमा पनि बीमा समितिले कुनै ठोस पहल राख्नु पर्छ भन्ने पनि मेरो एउटा माग रहेको छ।"
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको