Like us!
Follow us!
Connect us!
Watch us!

मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी घोषणा गर्‍यौं - जनार्दन शर्मा

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, १६ : ०२ मा प्रकाशित

मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी घोषणा गर्‍यौं - जनार्दन शर्मा

नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताएका छन् । आइतबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले शर्माले नेताहरूको धूपबत्ति गर्न छाडेर नयाँ  दल गठनमा लागेको बताएका हुन् । 

‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागि हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं,’ उनले भने।  कार्यक्रममा शर्माले पार्टीको घोषणा पत्र पढेर सुनाए । तत्कालीन नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष प्रचण्डसँग लगातारको संघर्षपछि जनार्दन शर्मा भदौ २३ को घटनापछि पार्टीबाट बाहिरिएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको