Like us!
Follow us!
Connect us!
Watch us!

हल्लाको पछि लागेर लगानीगर्दा अघिल्लो बुलिस ट्रेन्डमा नराम्रोसंग फसेः लगानीकर्ता पाण्डे

लगानीकर्ताको आवाज

शनिबार, १५ जेठ २०७८, १३ : ३६ मा प्रकाशित

नेपाल पुँजीबजार लगानीकर्ता संघ लुम्बिनी प्रदेशका संयोजक माधव पाण्डेले बजारमा सुरुसुरुमा प्रबेश गर्दा अरुको हल्लाको पछि लागेर अध्ययन नगरी लगानीगर्दा अघिल्लो पटकको बुलिस ट्रेन्डमा आँफु नराम्रोसंग फसेको बताउछन् । 

बुलिस ट्रेन्डमा तुलनात्मक रुपमा कमाउने अवसर बढि हुने भएतापनि राम्रोसंग नबुझि हल्लै हल्लाको पछि लागेर लगानीगर्दा नराम्रोसंग फस्न सकिने बताउछन् उनि । 

अहिले कोभिडका कारण लगानीका अन्यक्षेत्रहरु बन्द हुनु, बैंकिङ ब्याजदर न्यून हुरनु र आर्थिक तरलता बढ्नुको कारणले नेपालको पुँजीबजारले नयाँ उचाई हासिल गरेको उनको तर्क छ । 

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशिकाले बजारमा केहि सामान्य प्रभाव पर्ने भएतापनि तर दिर्घकालिनरुपमा यसले खासै प्रभाव नपार्ने उनको तर्क छ । माइक्रोफाइनान्सको पुँजी पनि कम र लाभांश वितरणको क्षमतापनि बढि भएकाले यो निर्देशनले खासै प्रभाव नपर्ने उनको बुझाई छ । 
पछिल्लो समय मोफसलमा पनि सेयर कोरोबार बृद्धि भइरहेकाले अहिले ब्रोकरहरु आफै उपत्यका बाहिर शाखाहरु खोल्न प्रेरित भइरहेको देखिन्छ । अहिले ब्रोकरहरुको प्रवाह गरिरहेको सेवामा अधिकांश लगानीकर्ताहरुको गुनासो आउने गरेको बताउछन् उनि । 

अहिलेको नेप्से इन्डेक्स स्वभाविक रहेको भन्दै उनले अहिले पनि बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुका लागि उपयुक्त समय नै रहेको बुझाई उनको छ । अहिले तत्कालनै बैंकहरुको ब्याज बृद्धिहुने संभावना नरहेकाले पनि बजार अझै बढ्ने बताउछन् उनि । 

आईपिओ बाँडफाँडमा लागुहुँदै आइरहेको न्यूनतम १० कित्ताका दरले वितरण हुने प्रस्ताव परिमार्जनको बिषय त्यति उचित नरहेको बताउछने पाण्डे । उनका आनुसार अहिले १० कित्ताका दरले आईपिओ वितरण गर्दा पनि अधिकांश लगानीकर्ताहरु आईपिओ पाउनबाट बन्चित हुन्छन् भने ५० कित्ताका दरले वितरण गर्दा झनै कम लगानीकर्ताहरुले आईपिओ पाउने भन्दै उनले अहिले यो निति परिमार्जनको आवश्यकता नरहेको बताउछन् उनि । 

अहिले ब्रोकरहरुले राम्रो सेवा प्रवाह गर्न नसकेकै कारण लगानीकर्ताहरुले नयाँ ब्रोकरलाई लाइसेन्स दिनुपर्ने माग गरिरहेको बताउछन् पाण्डे । लगानीकर्ताहरुको अनुपातमा नेपालमा अहिले ब्रोकर संख्या एकदमै न्यून रहेको उनको भनाई छ । 

बजारमा प्रवेश गर्न चाहँने नयाँ लगानीकर्ताहरुले यो बुल ट्रेन्डमा एकदमै सजग भएर लगानीगर्नुपर्ने बताउछन् उनि । हरेक बुल मार्केटमा अरुले कमायको देखेर हल्लाको पछि लागेर लगानीगर्दा नयाँ लगानीकर्ताहरु फस्ने बताउदै उनले कर्जा लिएर लगानीगर्नु भन्दा पनि आफ्नै बचतबाट लगानीगर्न सकेमा त्यो बढि सुरक्षित हुने बताउछन् उनि ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको