Like us!
Follow us!
Connect us!
Watch us!

धिताेपत्र बाेर्डले चलखेल गर्ने समूहको हितमा काम गर्‍यो : कञ्चन कृष्ण न्यौपाने

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १६ : ०१ मा प्रकाशित

नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको नाम नै तोकेर यी कम्पनी ठिक छैनन् भन्नु गलत भएको लगानीकर्ता एवं सेयर विश्लेषक कञ्चन कृष्ण न्यौपानेले बताएका छन् ।

अर्थसंसारको विशेष कुराकानीमा उनले बोर्डले सस्तो लोकप्रियताको लागि कम्पनीको नाम नै तोकेर सूचना प्रकाशन गर्नु उचित नभएको बताएका हुन् । नियामक निकायले यसरी नाम तोक्नु भन्दा पनि यसको बारेमा गहन अध्ययन गरेर यदि चलखेल भएको पुष्टि भएमा कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
 
उनी भन्छन्, "बोर्डले यस्तो विज्ञप्ति प्रकाशन गर्नुभन्दा पनि भित्री कारोबार धितोपत्र सम्बन्धी अन्य कसुर हुन लागेको भए समिति बनाएर छानबिन गरेर कानुन अनुसार कारबाही गरेको भएको उचीत हुन्थ्यो ।" बोर्डले यसो गरेको भए बोर्डप्रति लगानीकर्ताको विश्वास पनि बढ्ने र कम्पनीलाई पनि सजायको भागीदार भइयो भन्ने लाग्ने उनी बताउँछन् । बोर्डले भने सजाय गर्ने हैन गल्ति भएका कम्पनीलाई उन्मुक्ती दिएको पाइएको उनको ठहर छ ।

धितोपत्र बोर्डले उद्देश्य अनुसार कुसल ढङ्गले काम नगरी बाहिर सतहमा काम गरेको देखाउन मात्रै यस्तो विज्ञप्ति प्रकाशन गरेको उनले बताएका छन् ।

सेयर कारोबारमा संलग्न लगानीकर्ताले एउटा कम्पनीको दिर्घकालिन भविष्य, वित्तीय विवरणहरू हेरेर लगानी गर्नुपर्ने हुँदा यस विषयमा बोर्डले लगानीकर्तालाई सजक गराउनु जायज रहेको बताउँदै उनले धितोपत्र बोर्डले यो कम्पनीको भाउ यतिसम्म पुग्छ यसको यतिमा झर्छ भन्ने कुरा गर्न भने नहुने बताए । बजारमा माग र आपुर्ति अनुसार मूल्य निर्धारण हुने तथा लगानीकर्ताहरूको मनोभावना र सहभागिताले पनि प्रत्यक्ष प्रभाव पर्ने हुनाले लगानी स्वतन्त्र हिसाबले हुनुपर्ने उनी बताउँछन् । 

बोर्डले सूचीकृत कम्पनीको नाम तोकेर विज्ञप्ति प्रकाशन गरेर लगानीकर्ता र सम्बन्धीत कम्पनी दुवैलाई अन्याय गरेको उनी बताउँछन् । यसै कारणले यदि बजार केही भएमा यसको सम्पूर्ण दोष बोर्डलाई नै जाने उनले बताएका छन् । 

धितोपत्र बोर्डले लगानीकर्ताहरूको हितमा काम नगरी किन चलखेल गर्ने समूहको हितमा काम गरेको होकी भन्ने आशंका उत्पन्न भएको उनको भनाइ छ । धितोपत्रको बोर्डको यस्तो कामले सामान्य लगानीकर्ताहरूको यस्ता आशंकलाई थप बढावा दिएको उनले बताए ।

नियमनकारी निकायहरूको सानो कुराले पनि बजारमा प्रत्यक्ष प्रभाव पर्ने बताउँदै उनले नियमनकारी निकायले यसरी बोल्दा बजारमा दिर्घकालिन असर पर्ने बताएका छन् । यस्ता कुरामा नियमनकारी निकायहरूको समन्वय हुनु एकदमै जरूरी रहेको उनको भनाइ छ । 

न्यौपानेसँगकाे विशेष कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको