Like us!
Follow us!
Connect us!
Watch us!
वोस्टन युनिभर्सिटीसँग सहकार्यको तयारीमा आइएसिईआर

बैंकिङ क्षेत्रको पढाईमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे सरोकारवालाहरुसँग छलफल

अर्थ संसार

मंगलबार, १६ जेठ २०८०, १६ : ४३ मा प्रकाशित

बैंकिङ क्षेत्रको पढाईमा विशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे सरोकारवालाहरुसँग छलफल

ईन्स्च्यिुड अफ एड्भान्स कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आइएसिईआर)ले बैंकिङ बिषयको पढाईमा बिशेष अंग्रेजी पाठ्यक्रमको आवश्यकताबारे बहस थालेको छ । आइएसिईआरले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा ‘ईन्डष्ट्री–एकेडेमीक डाइलग सेरिज’ आयोजना गरी सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । 

कार्यक्रममा बैंकिङ बिषयको अध्यापनमा बोलीचाली, लेखनसीप, अन्तराष्ट्रिय सम्बन्धलगायतलाई समेटेर पाठ्यक्रम तयार गर्ने बिषयमा छलफल भएको थियो ।  

कार्यक्रममा अमेरिकास्थित् वोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी व्याटनफेल्डले बैंकिङ क्षेत्रमा अंग्रेजी विषयको महत्वबारे प्रस्तुती दिएकी थिइन् । उनले समाज र संस्कृतिलाई बुझेर स्थानीय स्तरमा बैंकिङ सेवा विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भाषाको महत्व रहने बताईन ।

‘भाषा व्याकरण र शव्दभण्डार मात्र होइन । भाषा सँगसँगै समाज र संस्कृति जोडिएर आँउछ । अन्तराष्ट्रिय सम्पर्क माध्ययमको रुपमा रहेको अंग्रेजीको छुट्टै पाठ्यक्रमले समयानुमुल सक्षम जनशक्ति उत्पादनमा टेवा दिन्छ,’ उनको भनाई थियो ।

कार्यक्रममा प्राध्यापकहरु डा. शितल ग्रीन दाहालले बैंकिङ कारोबार र भाषाको महत्व, उज्जवल प्रसाईले बैंकिङ प्रणाली तथा समाज र लिलाराज बिमलीले बैंकरलाई सञ्चारको सीपको आवश्यकताबारे प्रस्तुती दिएका थिए । 

कार्यक्रममा आइएसआरका प्रमुख कृष्णप्रसाद निरौला, एडिवी नेपालका प्रतिनिधि देवेन्द्र पोखरेललगायतको सहभागीता रहेको थियो । 

कार्यक्रम संयोजन प्राध्यापक ताराप्रसाद अधिकारीले गरेका थिए । अधिकारीका अनुसार पोखरा विश्वविधालयबाट सम्बन्धन प्राप्त आइएसिईआरले बोस्टन युनिभर्सिटीसँगको सहकार्यका पाठ्यक्रम तयार गर्ने बिषयमा छलफल गरिरहेको छ । 

बैंकिङ बिषयको अंग्रेजी बिषयको बिशिष्ठ पाठ्यक्रम तयार गर्ने प्रयास पहिलो भएकोे आइएसिईआरको दाबी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको