Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपाल आइडल सिजन २ " मिनराज पौडेल ,निलिमा कँडेल थापा र विक्रम बरालले जिते गोल्डेन माइक

शुक्रबार, ०८ भदौ २०७५, १२ : १० मा प्रकाशित

अर्थ संसार, काठमाडौं पहिलो नेपाल आइडलको ठुलो सफलता पछी सुरु भएको  एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल आइडल सिजन २’ को क्रेज विस्तारै बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पाली को सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ । यस सिजनबाट गोल्डेन माइक अर्थात सिधै गाला रोउन्डमा पठाउने शक्ती शोका निर्णयाकलाई दिएको छ ।     

 सिजन २ को ५ इपिसोडमा तीनजनाले गोल्डेन माइक पाइसकेका छन् । अघिल्लो साता मिनराज पौडेलले गोल्डेन माइक पाएका थिए भने यसपटक विक्रम बराल र निलिमा कँडेल थापाले पाएका छन् ।

विक्रम बराल ‘नेपाल आइडल’ को प्रथम सिजनमा अडिसन राउन्डबाटै बाहिरिएका थिए । उच्च अध्ययनका लागि विदेश जान छाडेर उनले यसपटक पनि ‘नेपाल आइडल सिजन २’ मा सहभागिता जनाए । एउटा सांगीतिक ब्यान्डका भोकलिस्टसमेत रहेका विक्रम आधुनिक र रक गायनमा अडिसन राउन्डमै तीनजना जुरी न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीलाई प्रभावित पार्न सफल भए ।

यस्तै, पोखरा फुलबारीकी निलिमाले पनि गोल्डेन माइक पाएकी छन् । सानैमा बाबु गुमाएकी निलिमाकी आमाले पोखरामा किराना पसल चलाएर जीविका निर्वाह गर्दै आएकी छन् । निलिमाका अनुसार एउटा स्कुलमा उनीहरूले टिफिन डेलिभरी गर्दै आएका छन् । त्यसैले उनीहरूको घरपरिवार चलेको छ । सानैदेखि गीत गाउन सौखिन निलिमा आफ्नो जीवनको लक्ष्य संगीत रहेको बताउँछिन् । गीत गाउनकै लागि थुप्रैपटक स्कुलमा कक्षासमेत छाडेको उनको भनाइ छ । अडिसन राउन्डमा दुईवटा गीत गाएर उनले जुरीको मन जितेकी थिइन् ।

हेर्नुस् एपिसोड ५ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको