Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट

आइतबार, १० भदौ २०७५, १८ : १० मा प्रकाशित

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बोता रेष्टुरेन्टमा १५ प्रतिशत छुट

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र बोता फुड एण्ड रेष्टुरेन्टप्रा बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका ग्राहकहरुले बोता रेष्टुरेन्टका सम्पूर्ण खाने कुरामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । उक्त छुट ग्लोबल आइएमई बैंकको  काडेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकहरुले प्राप्त गर्ने छन् ।

उक्त सम्भौता पत्रमा बोताफुड एण्ड रेष्टुरेन्टप्राका सञ्चालन प्रमुख भुवन आचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गर्नु भएको हो ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यल ेबिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामाफर्त आफ्ना ग्राहकहरुमाझ सेवाप्र दान गर्दै आइरहेकोछ ।

बैंकले १३१ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १३४ एटिएम, ५ वटा एक्सटेन्सनका उण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि/सपर्क कार्यालय मार्पmत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेकोछ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्गसेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतम प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुमझ सेवा प्रदानगर्दै आईरहेको छ । 

त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदा नगर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको