Like us!
Follow us!
Connect us!
Watch us!

ओपो F9 किन्ने होइन ? भदौ १४ गतेदेखि धमाधम विक्रीमा

बुधबार, २० भदौ २०७५, १७ : ०९ मा प्रकाशित

ओपो F9 किन्ने होइन ? भदौ १४  गतेदेखि धमाधम विक्रीमा

अर्थ संसार काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोद्वारा भरखरै सार्वजनिक एफनाइनको विक्रि आरम्भ गरिएको छ । ओपोले भदौ १४ देखि आफ्ना देशभर रहेका विक्रि केन्द्र मार्फत नयाँ उत्पादन उपलब्ध गराउँदै विक्रि आरम्भको घोषणा गरेको हो । कम्पनीद्वारा सार्वजनिक नयाँ स्मार्टफोन ओपो एफनाइनमा भोक फ्ल्याशचार्जिङ सुविधा उपलब्ध छ ।

फोनमा प्रमुख आकर्षणका रुपमा उपलब्ध गरिएको भोक फ्ल्याशचार्जिङ मार्फत उपभोक्ताले मात्र ५ मिनेट चार्ज गरी २ घण्टा सम्मको टक टाइम प्राप्तगर्न सक्छन् । ओपोले एफनाइन मार्फत फोन उद्योगमै पहिलो पटक ग्राडियण्ट कलर डिजाइन उपलब्ध गराएको छ ।

एफनाइनको डिजाइन उपभोक्तालाई अत्याधुनिक प्रविधि र नवप्रबर्तनात्मक विशेषज्ञताका साथै पृथक अनुभव प्रदान गर्ने सोचका साथ गरिएको देखिन्छ । ४ जीबी भ्यारियण्टका लागि रु. ४१,५९० र ६ जीबी भ्यारियण्टका लागि ४५,५९० मूल्यनिर्धारण गरिएको ओपो एफनाइन हालका लागि सनराइज रेड र ट्वाइलाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।

विक्रि आरम्भका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ उत्पादन ओपो एफनाइनका लागि प्राप्त माया र सहयोगका लागि हामी समस्त उपभोक्तामाझ हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ । उपभोक्ता मार्फत प्राप्त प्रतिक्रियाले हामी निकै प्रशन्न छौँ । निकट भविस्यमा नै उपभोक्ताको आवश्यकता र चाहना अनुसारका थप उत्कृष्ट उत्पादन भित्र््याउन हामीलाई यसले थप हौसला र विश्वास मिलेको छ ।’

ओपोले एफनाइनमा उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८% उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३,५०० एमएएच लगायत विशेषता उपलब्ध गराएको छ । फोन मार्फत कम्पनीले उच्च गुणस्तरिय सेल्फी फञ्सनका साथै तिब्र गतिको चार्जिङ सुविधा र टिकाउ ब्याट्री पनि जडान गरेको छ । एफनाइनलाई मिडियाटेक हेलियो पी६० र एआई प्रविधि सहितको सिष्टम अन चिप प्ल्याटफर्म पनि उपलब्ध छ । यसको माध्यमबाट उपभोक्ताले सुलभ मूल्यमा नै फ्ल्यागशिप फिचर्सको मज्जा लिन सक्छन् ।

ओपो एफनाइनमा उपलब्ध गरिएको भोक फ्ल्यास चार्जले साधारण चार्जिङ प्रविधिका तुलनामा ४ गूणा तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउँछ । साथै फोनमा चार्जिङ प्रक्रियाका लागि ५ तहको सुविधा प्रणाली पनि जडान गरिएको छ । फोनमा रहेको चार्जिङ प्रविधिको सहायताले हतारको अवस्थामा उपभोक्तोले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टकटाइम पनि पाउँन सक्छन् । यसमा १०८०८२३४० रिजोल्यूसन सहितको ६.३ ईञ्चको बेजल लेस स्क्रिन उपलब्ध छ ।

ओपोले एफनाइन मार्फत एफसिरिजमै पहिलो पटक डुअल रियर क्यामेरा (१६ एमपी+ २ एमपी) पनि जडान गरिएको छ । फोनको रियर भागमा प्रमुख क्यामेराका रुपमा एफ/१.८ एपर्चर लेन्स सहित १६ एमपी क्षमताको क्यामेरा छ । यसको साथमा फोनमा रहेको सेकेण्डरी क्यामेराले परिस्कृत बोके ईफेक्टका लागि डेप्थअफफिल्थको आंकलन गर्छ ।

ओपो एफनाइनमा रहेको २५ एमपी फ्रण्ट फेसिङ क्यामेराले सटिक रुपमा हरेक विषयका लागि २९६ फेसियल पोइण्ट्स संकलन गर्दै आफुसंग रहेको अनुहारका तस्विरको बृहत्त डाटाबेससंग तुलना गरी हरेकका लागि ब्यक्तिगत तवरमा उत्कृष्ट परिमार्जन उपलब्ध गराउँछ । फोनमा उपलब्ध गरिएको एआई ब्यूटी प्रविधि २.१ले प्रयोगकर्तालाई ८० लाख पर्सनलाइज्ड ब्यूटिफिकेसन ईफेक्ट उपलब्ध गराउने क्षमता राख्छ । यसले गर्दा प्रयोगकर्ताको प्राकृतिक लुक्स कायम राख्दै फोनले तिनका सेल्फीलाई थप आकर्षक र गुणस्तरिय बनाउन मद्दत गर्छ ।

एण्ड्रोइड ८.१मा आधारित ओपोले प्रयोगकर्तालाई कलरओस ५.२ सञ्चालन प्रणाली मार्फत स्मार्ट अन्तरक्रियात्मक अनुभव प्रदान गर्छ । हार्डवेयरको कुरा गर्दा फोनको कार्य क्षमतामा तिब्रताका लागि यसमा ४ जीबी/६जीबी + ६४ जीबी संयुक्त मेमोरीको ब्यवस्था गरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको सञ्चय क्षमता एसडी कार्डको माध्यमबाट २५६ जीबी सम्म बढाउने ब्यवस्था पनि फोनमा गरिएको छ । एक भन्दा बढी सिमकार्डको प्रयोग गर्ने प्रयोगकर्ताका लागि ओपो एफनाइनमा थ्री कार्ड स्लोट डिजाइनको प्रयोग गरिएको छ । यसमा दूई ओटा सिम कार्ड र एउटा एसडी कार्डको प्रयोग एकै साथ गर्न सकिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको