Like us!
Follow us!
Connect us!
Watch us!

यस साता २ अर्ब १० करोडको कारोबार

शनिबार, ३० भदौ २०७५, १० : ११ मा प्रकाशित

यस साता २ अर्ब १० करोडको कारोबार

अर्थ संसार, काठमाडौं - पुँजी बजारमा यस साता २ अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार १८६ वटा कम्पनीनको १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २७.१७ प्रतिशत कम हो । गत साता १९३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३२२८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छ  सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५.८६ अंकले बढेर अन्तिम दिन १२४४.८४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ६.११ अंकले बढेर २६४.२७ अंकमा आईपुगेको छ ।

    यस साता कारोबार रकम (१७ करोड ४५ लाख ६० हजार रुपैयाँ) को आधारमा एनआइसी एसिया बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ३९ हजार कित्ता) र कारोबार संख्या (१११४ वटा) को आधारमा पनि एनआइसी एसिया बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस     साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

5b9c9509f41f4.jpg 5b9c953664023.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको