Like us!
Follow us!
Connect us!
Watch us!

ओपोद्वारा ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

विहीबार, ०४ असोज २०७५, १८ : ०९ मा प्रकाशित

ओपोद्वारा ‘ओपो तीज सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

अर्थ संसार, काठमाडौं– ओपोले नेपली चाड, तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’ का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित आफ्नै ग्राहकसेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो ।

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना आदर्णिय उपभोक्ताहरुसंग ‘तीज’को खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरिएको हो ।

 ‘प्रतियोगितामा उल्लेख्य सहभागिताका लागि हामी हाम्रा समस्त आदर्णिय उपभोक्ता प्रति कृतज्ञ छौँ’, पुरस्कार वितरण कार्यक्रममा सबै विजेताहरुलाई बधाई दिँदै प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपभोक्ताको थप नजिक हुन हामीलाई यसले अझ प्रोत्साहित गरेको छ ।’ 

भाद्र २८ देखि ३१ सम्म चार दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको