मङ्गलबार, ३० असोज २०७५, २३ : ०४
यस कारण नेकपाको बैठक स्थगित
बुधबार, २४ असोज २०७५

अर्थ संसार, काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो ।

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved