Like us!
Follow us!
Connect us!
Watch us!

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

सोमबार, २९ असोज २०७५, ०७ : १९ मा प्रकाशित

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमई बैंकले आइतबारदेखि रोल्पा जिल्लाको माडी गाँउपालिका वडा नं २, घर्तिगाँउम एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

माडी गाँउपालिकाम सेवा ग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

यसका साथै बैंकल आइतबारबाटै काठमाण्डौको ठमेलका थप एउटा एटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३२ शाखा, १४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटार ाजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गद आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । 

त्यसैगरि बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,जोर्डन,भारत, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको