Like us!
Follow us!
Connect us!
Watch us!

प्रेस काउन्सिल-सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार देवकोटा र बराललाई

शुक्रबार, ०७ मंसिर २०७५, १४ : २० मा प्रकाशित

प्रेस काउन्सिल-सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार  देवकोटा र बराललाई

अर्थ संसार, काठमाडौं– प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाईप्रदान गर्ने निर्णय गरेको छ । पाँच लाख राशीको उक्त पुरस्कारजनही .दुई लाखपचास हजारका दरले प्रदान गरिनेछ ।

लामो समयदेखि पत्रकारितामा संलग्न रहनु भएका पत्रकार देवकोटा छापा पत्रकारितामार्फत नयाँ ढाँचामा समाचार सामग्री सम्प्रेषण गर्दै आएको नयाँ पत्रिका दैनिकका प्रधानसम्पादकको रुपमा रहनु भएको छ । त्यस्तै पत्रकार बराल अनलाइन सञ्चारमाध्यमको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल अनलाइनखबर डटकमका सम्पादक हुनुहुन्छ ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सानिमा बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला सदस्य रकाउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल सदस्य सचिव रहेको पुरस्कार छनौट समितिको बैठकले उक्त पुरस्कार अग्रज पत्रकारहरुको उपस्थितिमा यहीमंसिर २४ गते प्रदान गर्ने निर्णय गरेको छ ।

5bf7bd6b61c25.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको