Like us!
Follow us!
Connect us!
Watch us!

सत्र करोडको स्याउ निर्यात

शुक्रबार, ०७ मंसिर २०७५, १४ : ३५ मा प्रकाशित

सत्र करोडको स्याउ निर्यात

अर्थ संसार, जुम्ला– जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ ।आर्थिक वर्ष ०७५\०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले रु १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झण्डै तीन हजार ४०० टन स्याउ उत्पादन भएकामा दुई हजार ३०० टन स्याउ निर्यात भइसकेको छ । आठ वटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करीब ३०० व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ ।

व्यापारीले सरदरमा प्रतिकिलो रु ५० का दरले कृषकबाट स्याउ खरीद गरेका हुन् । यहाँ उत्पादन भएका स्याउ काठमाडौँ, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख शहरमा निर्यात गरिन्छ ।

यस वर्ष प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताउनुभयो । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाको तीन हजार ४५० हेक्टर जमीनमा स्याउ खेती गरिन्छ ।

गत वर्ष तीन हजार ७०० टन स्याउ निर्यात भएको थियो । जुम्लाका कूल १८ हजार घरधुरीमध्ये करीब १४ हजार घरमा स्याउका बगैँचा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको