Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व गाविस उपाध्यक्ष मृत फेला

विहीबार, १३ मंसिर २०७५, १० : ३० मा प्रकाशित

पूर्व गाविस उपाध्यक्ष मृत फेला

अर्थ संसार, दमौली– तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ ।

एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो

नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहनुभएका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न सकेका थिएनन् ।स्थानीयवासीले साँझ जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उहाँको शव परीक्षणको लागि दमौली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युवा मृत फेला

यसैगरी तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङ निवासी १८ वर्षीय तीर्थबहादुर भुजेल रुखमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । घरदेखि ३ किमी दूरीमा रहेको जङ्गलमा उहाँ झुण्डिएको अवस्थामा फेला परेको र सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको