Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकको भिसा कार्डमा क्यास ब्याक

आइतबार, १६ मंसिर २०७५, १४ : ०६ मा प्रकाशित

एनआइसी एसिया बैंकको भिसा कार्डमा क्यास ब्याक

अर्थ संसार, काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडले उक्त बैंकको कार्डमार्फत किनमेल गर्दा निश्चित रकम फिर्ता दिने योजना ल्याएको छ ।

बैंकले भिसाको सहकार्यमा नेपालभित्र प्वाइन्ट अफ सेल (पिओएस) मेसिनमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरको  हो।

भिसाले कार्डमार्फत किनमेल गर्दा प्रथम कारोबारमा कारोबार रकमको २ प्रतिशत वा बढीमा १ सय रुपैयाँ फिर्ता दिनेछ ।

त्यस्तै दोस्रो कारोबारमा कारोबार रकमको ४ प्रतिशत वा बढीमा २ सय रुपैयाँ, तेस्रो कारोबारमा कारोबार रकमको ६ प्रतिशत वा बढीमा ३ सय रुपैयाँ फिर्ता दिने बैंकले जनाएको छ ।

चौथो कारोबारमा कारोवार रकमको ८ प्रतिशत वा बढीमा ४ सय रुपैयाँ र पाँचौँ कारोबारमा कारोबार रकमको १० प्रतिशत वा बढीमा ५ सय रुपैयाँ फिर्ता दिने बैंकले जनाएको छ ।

प्रत्येक महिना पाँचभन्दा बढी कारोबारमा रकम फिर्ता नपाइने जनाइएको छ । सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९ को जनवरीसम्म लागू हुने उक्त योजनामा बैंकका ४ लाख ५० हजारभन्दा बढी ग्राहक लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको