Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा उच्च अंकको गिरावट

बुधबार, १९ मंसिर २०७५, १५ : ५७ मा प्रकाशित

शेयर बजारमा उच्च अंकको गिरावट

अर्थ संसार, काठमाडौँ– धतोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सोमबार र मंगलबार बढेको बजार आज भने करिब २३ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक २२ दशमलव ८ अंकले घटेर एक हजार ११८ दशमलव १९ विन्दुमा पुगेको हो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज चार दशमलव ९१ विन्दुले घटेर २३७ दशमलव ७८ बिन्दुमा झरेको छ ।

कूल १५६ कम्पनीको ११ लाख ६८ हजार २३३ कित्ता शेयर रु ३७ करोड ७२ लाख ८६ हजार २७९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । कारोवार भएको दश उपसमूह सबैको शेयर मूल्य घटेको छ ।

बैंकिङ १५ दशमलव २२, होटल १० दशमलव ७३, विकास बबैंक ३३ दशमलव ८८, जलविद्युत् २१ दशमलव २४, वित्त दुई दशमलव चार, निर्जीवन बीमा १८५ दशमलव २६, उत्पादन २५ दशमलव ४७, अन्य २८ दशमलव शुन्य आठ, लघुवित्त ३० दशमलव ४१ र जीवन बीमा ९६दशमलव शुन्य एक बिन्दुले घटेको छ ।

घटेको बजारमा हाथवे फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी, तिनाऊ डेभलपमेन्ट बैंकका शेयरधनीले भने कमाएका छन् ।

यस्तै राधी विद्युत् कम्पनी, हिमालयन डिस्टिलरी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संसथा, कालिका लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रो पावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको