Like us!
Follow us!
Connect us!
Watch us!

चौतारी लघुवित्तको IPO मा झुमिए लगानीकर्ता, २८ गुणा बढी आवेदन

सोमबार, २४ मंसिर २०७५, ०८ : ४७ मा प्रकाशित

चौतारी लघुवित्तको IPO मा झुमिए लगानीकर्ता, २८ गुणा बढी आवेदन

अर्थ संसार, काठमाडौं – चौतारी लघुवित्त वित्तिय संस्थाले जारी गरेको साधारण शेयर (आइपिओ)मा माग भन्दा २८ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार आइतवार बेलुका ५ बजेसम्मको गणनामा २ लाख ७५ हजार ८ सय ७४ जना आवेदकबाट १ करोड ७३ लाख ७८ हजार ७ सय ६० कित्ता आईपीको लागि आवेदन प्राप्त भएको छ ।

कम्पनीले मंसिर१९ गतेदेखि कर्मचारीको लागि ९ हजार ३ सय कित्ता, सामूहिक लगानी कोषलाइ ३० हजार कित्ता र सर्वसाधारणको लागि ५ लाख ६० हजार ७ सय कित्ता गरी जम्मा ६ लाख कित्ता आईपीओ निष्कासनमा ल्याएको थियो ।

यो आईपीओमा छिटोमा मंसिर २३ र ढिलोमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेमा छिटो अवधिसम्ममा नै मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिमा नै विक्री बन्द गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको