Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको एजिएममा लगानीकर्ताको भिड, १०% बोनस शेयरसहित सवै एजेण्डा पारित (अर्थ संसार कभरेज)

बुधबार, ०४ पुस २०७५, १५ : ०५ मा प्रकाशित

एनआईसी एशिया बैंकको एजिएममा लगानीकर्ताको भिड, १०% बोनस शेयरसहित सवै एजेण्डा पारित (अर्थ संसार कभरेज)

अर्थ संसार, काठमाडौं– नीजि क्षेत्रको सवै भन्दा ठूला बैंक एनआईसी एशिया बैंकले बुधबार आफ्ना २१ औँं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा सम्पन्न भएको वार्षिक साधारणसभामा लगानीकर्ताको उल्लेखनिया सहभागिता रहेको थियो ।

उक्त साधारण सभाले आ. व. २०७४\०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदनपारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४\७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४\७५ को एकिकृत वित्तीयविवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि श्री टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले रु ८०,३१,११,७००/– (अक्षरेपी रु. असी करोड एकतीस लाख एघार हजार सात सय मात्र) बोनस शेयर वितरण गर्न र सोमालाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात रु. ४,२२,६९,०३७/– (अक्षरेपी रु. चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस मात्र) नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी रु ८,०४,००,००,०००\– (अक्षरेपी रु. आठ अर्ब चार करोड मात्र) लाई वृद्धि गरि रु. ८,८४,००,००,०००/–(अक्षरेपी रु. आठ अर्ब चौरासी करोड मात्र) बनाउन, साविक तत्कालचुक्तापूँजी रु. ८,०३,११,१६,९९८/–(अक्षरेपी रु. आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे मात्र)  लाई वृद्धि गरी रु. ८,८३,४२,२८,६९८/–(अक्षरेपी रु. आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे मात्र) बनाउन स्वीकृत प्रदान गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

कसले पाउछन बोनस शेयर ?

साधारणसभा प्रयोजनका लागि बैंकले मङ्सिर १९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यसको आधारमा मङ्सिर १८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरूले सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

5c1a1b8d82e43.jpg 5c1a1b8f8025b.jpg 5c1a1b9983260.jpg 5c1a1b9d041cc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको