Like us!
Follow us!
Connect us!
Watch us!

मोवाइल पारखीलाई खुसीको खबर, ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

शुक्रबार, २० पुस २०७५, १५ : २७ मा प्रकाशित

मोवाइल पारखीलाई खुसीको खबर, ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै

अर्थ संसार, काठमाडा– ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भरखरै सम्पन्न अंग्रेजी नयाँ बर्षको अवसर पारेर कम्पनीले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नयाँ सुरुवातको उत्सव !

अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएता पनि ओपो एफनाइन जेड ग्रिन यही जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । विभिन्न ग्राडियण्ट रंगमा सार्वजनिक गरिएका ओपो एफनाइन आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्तामाझ निकै लोकप्रिय छन् । यहीमायाँ र सद्भावकालागि धन्यवाद दिने सोचका साथ कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफनाइनलाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो ।

हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफनाइनका अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफनाइनमा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । जेड ग्रिनफोनमा पनि यसैलाई निरन्तर्ता दिइएको देखिन्छ ।

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा प्रदान गरिएको छ । कम्पनीको दावी अनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगा पिक्सेलको क्यामेरा र पोट्र्रेर तथाबोके शट्सका लागि१६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी६० उपलब्धगरिएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएचक्षमता सहितको ब्याट्री जडान गरेको छ । यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ ।

मूल्य :

ओपो एफनाइन जेड ग्रिन लिमिटेड एडिसनको मूल्यका बारेमा तत्काल कुनै जानकारी प्राप्त भइसकेको छैन । तथापी, यसको बजार मूल्य अहिले बजारमा उपलब्ध ओपो एफनाइनकै हाराहारीमा हुने अनुमान गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको