Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र वल्ड रेमिटेन्सबिच सम्झौता

विहीबार, २६ पुस २०७५, ०९ : ०० मा प्रकाशित

एनआईसी एशिया बैंक  र वल्ड  रेमिटेन्सबिच  सम्झौता

अर्थ संसार, काठमाडौं -एनआईसी एशिया बैंक लिमिटेडले वल्ड रेमिटेन्ससँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा वार्ड रेमिटेन्स युकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट यी पुष २३ गते स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

उक्त सम्झौता अनुसार World Remit Ltd. मार्फत Qatar, Saudi Arabia, UAE, Kuwait, Japan, Canada, Australia, New Zealand, UK, USA Europe लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्यव्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानीपाउन सकिने छ ।

WorldRemit को ग्राहक महानुभावहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो Mobile मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नुहुनेछ ।

यो सेवाले ग्राहक महानुभावहरुको समय तथा पैसाको बचत हुनेछ । WorldRemit को न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने WorldRemit मार्फत काकारोवार वार्षिक १६०% ले वृद्घि भइरहेको छ। WorldRemit ले आफ्ना ग्राहक वर्गहरुलाई आफ्नो परिवार तथा साथीहरुलाई विभिन्न माध्यम जस्तै cash pickup तथा Bank transfer द्वारापैसा पठाउने सेवा दिइरहेको छ ।

एनआई सी एशिया बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७०शाखाकार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएकोछ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४७ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको