Like us!
Follow us!
Connect us!
Watch us!

छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

मंगलबार, ०१ माघ २०७५, १५ : १६ मा प्रकाशित

छ महीनाको अवधिमा रु १९ अर्बभन्दा बढी राजश्व सङ्कलन

अर्थ संसार, विराटनगर– विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो ।

गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।    चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिनुभयो ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल रु आठ अर्ब १२ करोड एक लाख, मूल्य अधिवृद्धि कर रु १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्क रु।एक अर्ब आठ करोड ९३ लाख सङ्कलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी÷निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको